हाँसो बेचि धेरै खुसि कमाएको देख्दा देख्दै। यता आगो झोसि उता रमाएको देख्दा देख्दै।। कसरी म तिमिलाईनै मनपराउछु भनूँ प्रिय, मेरै अघि अर्कैको हात समाएको देख्दा देख्दै।। रोक्न खोज्छु आँशुहरु आखिर किन रोकिन्थे र, आफ्नो मान्छे आफूलेनै नपाएको देख्दा देख्दै।। म पनि त उस्तै मान्छे आगो झोस्न खोजि हाल्ने, तिमले दिलमा मट्टितेल खनाएको देख्दा देख्दै।। -Suमन