Skip to main content

Posts

Showing posts from November, 2012

गजल

भगवानको चित्र पत्याउ कि नपत्याउ? देख्याछौ र मित्र पत्याउ कि नपत्याउ? हिजो प्रस्ताव अस्वीकार आज आत्महत्या, कस्तो यो विचित्र पत्याउ कि नपत्याउ? रगतले पोतिएकाछन भित्ताहरु, त्यही मन्दिर पवित्र पत्याउ कि नपत्याउ? घडेरी आजकाल विक्रिमा छ अरे, सिँहदरबार भित्र पत्याउ कि नपत्याउ? मन्त्रले फुकेर दवाई खुवाईन्छ, डाक्टरको चरीत्र पत्याउ कि नपत्याउ?

गजल

यो भट्टिमा सज्जन कुन छ चुरा नबजाउ। दुनियाँले तिमलाई सुन्छ चुरा नबजाउ। भर्खरै हो बोत्तललाई छाडि आएको, मनले अनेक जाल बुन्छ चुरा नबजाउ। लालि लगाउ गाजल लगाउ सोध्नु पर्दैन, तर कोमल अधर रुन्छ चुरा नबजाउ। अब कैहिल्यै नमातिने वाचा गर्या छु, फेरी तिम्रो मातले छुन्छ चुरा नबजाउ। आउ गाँस अँगालोमा भित्रै मलाई, डाहा गर्छ बाहिर जून छ चुरा नबजाउ। के हो गर्ने के नगर्ने मैले जान्दिन, चाहानाले विवेक धुन्छ चुरा नबजाउ। तिम्रै वैँश चोर्नभनि रहरहरु आछन, कहाँ बस्छ्यौ थाहा हुन्छ चुरा नबजाउ।