Skip to main content

Posts

Showing posts from February, 2013

गजल

गोरुझैँ जुवामा नारी दिएर। खुसि बनाइन्छ सारी दिएर। उसले मेरो हातखुट्टा भाँचिदियो, लुटीएको खेत र बारी दिएर। कसम! जुनलाई नै चुनैती दियौ, तिमिले घुम्टो उघारी दिएर। तेरो दिल तँ बाट चोरीयो 'सुमन', कोही गयो यस्तो जानकारी दिएर।

गजल

रेडियो सराङकोटले आयोजना गरेको खुल्ला प्रणय गजल प्रतियोगितामा प्रथम स्थान हाँसिल गर्न सफल गजल: कति ढल्छन कति मर्छन तिम्लाई देखेसी। फूलहरुले डाहा गर्छन तिम्लाई देखेसी। अप्सराको सुन्दरतानी फिक्का लाग्नेछ, देउताहरु भुइँमा झर्छन तिम्लाई देखेसी। समिप आयौ भन्दै लाई किन कराउछ्यौ, लासहरु त नजिक सर्छन तिमलाई देखेसी। झुक्केर नि तिमी कहिल्यै मन्दिर नजानु, मुर्तीहरु आँखा तर्छन तिम्लाई देखेसी। यो संसारमा के के हुन्छ सोच्न सक्दिन, जून र तारा ओझेल पर्छन तिमलाई देखेसी। मै आँफू नै भेट्न आँउला बाहीर ननिस्क, यहाँ फेरी अरु लर्छन तिम्लाई देखेसी। 'सुमन'ले त के के गर्ला कुरा नगरौँ, पलाँसहरु सुवास छर्छन तिम्लाई देखेसी। लय: (4+4+5=13) -सुमन लम्साल