Skip to main content

गजल

जब उस्ले घरबार बनाएको हुन्छ।
जिन्दगिले मतियार बनाएको हुन्छ।

ठूलो टाउको देख्दैमा पछि नलाग है,
तिमलाई उसले हतियार बनाएको हुन्छ।

कहिल्यै टाउको ठोकेर भाग्य फेरीदैन,
जन्मदै भावीले निधार बनाएको हुन्छ।

पढेपछि दुख त गर्नै हुन्ऩ भन्छन,
पढाइले नै बेरोजगार बनाएको हुन्छ।

जस्ले आज झुपडिको लागि लड्छु भन्यो,
भोली उस्ले नै दरबार बनाएको हुन्छ।

बारम्वार चुहिने त्यो झुप्रोले पनि त
सपनाहरुको आकार बनाएको हुन्छ।

जब म त्यहि बोत्तलको नजिक नजिक जान्छु,
त्यसले मलाई गजलकार बधाएको हुन्छ।
-SUमन

Comments