Skip to main content

Posts

Showing posts from August, 2014

फूटपाथको सामान जस्तो नेपाली गजल

        छैटौं शताब्दिमा अरबमा जन्मेर लगभग त्यसको चौध शताब्दी पछि उर्दु,फारसी र हिन्दीको बाटो हुदै नेपाल भित्रिएको गजल विधा, नेपालमा आजको दिनमा सबैभन्दा लोकप्रिय विधा मानिन्छ तर नेपाली साहित्यमा यसलाई सम्मानजनक विधाकोरुपमा भने हेर्ने गरिदैन । सबैले हेर्ने, धेरैले किन्ने, चर्चा पनि हुने तर सधै गुणस्तरको प्रश्न उठ्ने फूटपाथको समान जस्तै गरिन्छ नेपाली गजललाई । यो लेखमा म गजलको इतिहास खोतल्नतिर लाग्दिन फेरि कुनै दिन इतिहासलाई केन्द्रबिन्दुमा राखेर यसमा घोत्लिउला । आज चाँहि बर्तमानलाई केन्द्रबिन्दुमा राखेर नेपाली गजलमा मैले अनुभव गरेका केही अनुभूतिहरू साट्नेछु ।            केही दशक पुरानो कुरा हो भारतमा एउटा मुसायरा भएको थियो। जसको सञ्चालन त्यहाँ उपस्थित भएका मध्ये सबैभन्दा जेष्ठ सायरले गरिराखेका थिए । त्यही भीडमा गजल लेख्दै गरेको दुब्लो गान्धी चस्मा लगाएको एउटा बशिर बद्र नाम गरेको ठिटो पनि थियो । लगभग दर्जन जति कविहरूले कविता/गजल/सायरी सुनाइसकेका थिए त्यसपछि त्यो पातलो ठिटोको पालो आयो उसले मञ्चमा गएर एउटा शेर सुनायो    “उजाले आप्नी ...

एउटा कोहीनूर हराएको दिन

    जीवन समयको प्रयोगशाला हो । हामीहरू त्यही प्रयोगशालाको ट्यस्टट्युबमा राखिएको केमिकल जस्तै छौं । ईश्वर एउटा बैज्ञानिक , जो हामी माथि निरन्तर प्रयोग गरिरहन्छ । हामीमा कहिले दुखको सल्फरडाइ अक्साइड मिसाइन्छ त कहिले सित्तलो हुने डाइहाइड्रो अक्साइड मिसाइन्छ । केही सिसिहरूमाथि उसको अस्तित्वको अन्तिम समयसम्म पनि प्रयोग भैरहन्छ त केही सिसिहरू थाहै हुदैन कतिबेला ईश्वरको हातबाट खसेर प्याट्ट फुटिजान्छन । हाम्रोमा एउटा मान्यता छ सबैभन्दा बढी सुन्दर र सक्षम सिसिहरू समय नपुग्दै फुटेर गइदिन्छन । खासमा त्यस्तो चाँहि हुदैन तर हाम्रो मान्यता पनि गलत छैन किनकि हामीहरू आफूलाई राम्रो लागेको चिज यदि आफूबाट छुट्टियो भने त्यसको अलिक ठुलो अभाव महसुस गर्दछौ । हामीलाई आफूले मन नपराएका कुराहरू हराउनुले त्यति बिघ्न असर पर्दैन । यो मानवीय प्रवृति हो । आजको दिन समयको प्रयोगशालाबाट एउटा उज्यालो सिसा फुटी गएको दिन हो । खोइ ईश्वरले समाउन नजानेर हो या सिसानै कम्जोर भएर हो भुइमा झरिकन एउटा ठुलो छाप बनाएर सिसा भित्रको रसायन उडी गएको छ सपनाको देशमा । अब कहिल्यै नफर्कने गरेर । केवल हामीसँग फुटेका टुक्राहरू मात्...