केहि नहुनु पनि धेरै चिज हुनु रहेछ , नहुनु को पनि छुट्टै मज्जा हुदो रहेछ , केहि चिज त नभएर पनि आनन्द आउदोरहेछ । जस्तो की योजना नहुनुको मज्जा । ब्यबहारिक झन्झट नहुनु को मज्जा । जुन हुने मान्छेहरुले कमै पाउछन । हामी पनि सम्भब भएसम्म महिनामा एक दिन सबै चिज गुमाइदिने गर्छौ तर त्यो दिन सधै यस्तो लाग्छ गुमाउनु पनि एउटा प्राप्ति हो । हामी अक्षरयात्री बनेर अक्षरको खेतमा केहि रोप्ने घमण्डका साथ धेरै चिज गुमाइदिन्छौ । हाम्रोमा एउटा अभियान छ अक्षरयात्रा जहाँ दौडिन जानी सक्नुभएका कम र भर्खर हिड्न सिक्दै गर्नुभएका अलि बढी जनाहरु यात्रा गर्नुहुन्छ । ब्यबस्थापनको जिम्मा लिएको छ गजलसंध्या पोखरा र नाबोनित साहित्य सागरले । हामी प्रत्यक महिनाको तेस्रो शनिबार सम्भब भएसम्म पोखरा खाल्डो भन्दा बाहिर गएर मन उडाउने गर्छौ । अभियानको निरन्तरताकै क्रममा पुगियो बाग्लुंग जिल्लाको बलेवा भन्ने...