Skip to main content

डा.केसीको स्टेथेसकोपबाट : इन्जिनीयरिंग

       भन्ने गरिन्छ “धरहराको टुप्पोमा गएर ५ वोटा ढुङगा असनको गल्लि तिर फल्यो भने ३ वोटा इन्जिनियरको  र दुइ ओटा नर्सको टाउकोमा गएर खस्छ” । बनमासा जसरि उम्रिरहेका इन्जिनियरिंग कलेज र बनमासाको फूलका पत्रा झैँ उम्रिरहेका इन्जिनियरहरुलाई देख्दा, उक्त उक्तिलाई नकारिहाल्न पनि गाह्रो पर्छ । मेडिकल क्षेत्रमा केसी सत्याग्रहपछी शैक्षिक माफियाहरुको ध्यान यतिबेला इन्जिनियरिङ क्षेत्र तिर जान थालेको छ उसो त पहिला पनि चलखेल नभएको होइन तर अब झन् चलखेलको गतिले गिएर च्यांज गर्ने पक्का पक्कि भएको छ ।

 नेपालमा हालसम्म लगभग ४५ भन्दा बढी इन्जिनियरिंग कलेजहरु संचालनमा छन् जस मध्ये त्रिभुवन बिश्वबिद्यालयका आंगिक र सम्बन्दन प्राप्त गरि १४ , पोखरा बिश्वबिद्यालयका सम्बोधन प्राप्त गरेका ५८ कलेजहरु मध्ये लगभग १५ र  पुर्वान्चल बिश्वबिद्यालय र काठमाडौँ बिश्वबिद्यालय दुबैमा गरेर लगभग १५ वोटा जति इन्गीनीरिंग कलेज हरु रहेका छन् जसमध्य टियुबाट २ पोखरा बिश्वबिद्यालयबाट १० पुर्वान्चल/काठमाडौँ बिश्वबिद्यालयबाट ५ गरि लगभग १७ वटा जति मात्र इन्जीनीयरिंग कलेजहरु काठमाडौँ बाहिर रहेका छन् माथिको तथ्यांक लाई मनन गर्दा देशको इन्जिनियरिंग शिक्षा पद्दती अलि बढिनै राजधानी केन्द्रित भएको हो की भन्ने लाग्छ । पुर्वान्चल बिकास क्षेत्रको शैक्षिक गुणस्तरलाई बृदी गर्न बिराटनगरमा  खोलिएको भनिएको पुर्वान्चल बिश्वबिद्यालयको १० मध्येका ७ वटा इन्जिनियरिंग कलेजहरु राजधानिमा रहेका छन् । खुल्ने दिन भन्दा बन्द हुने दिन धेरै भएको पोखरा बिश्वबिद्यालयले मुफसललाई केहि बढी स्थान दिएको देखिए  पनि गुणस्तर को मापन भने शुन्ने प्राय छ । देशकै इन्गीनियारिंग को मुटु मानिएको इन्जिनियरिंग अध्ययन संस्थानले भने गुणस्तरको कारण देखाउदै आजसम्म उपत्यका बाहिरका कलेजहरुलाई सम्बन्दन दिएको छैन तर उसले सम्बन्दन दिएका गुणस्तर भनिएका कलेजहरुको परीक्षाफल बेला बेलामा शुन्य आएको खबरले उक्त कारणलाई हात्तिको देखाउने दांत भन्दा पनि नबिग्रने बनाइदिएको छ ।  
   प्रसङ्ग अलि पहिलाको : रंगशालाको ब्ल्याक टिकेट जसरि बिश्वबिध्यालयहरुले सम्बन्दन दिन थालेपछि माफिया हरु गल्लाझैँ मुफसलमा इन्जिनियरिंग भर्ति केन्द्र स्थापना गरेर क्षामता नै नभएका व्यक्तिहरुलाई इन्जिनियरको सर्टिफिकेट पैसा सँग साट्ने सर्त मा भर्ति गर्न थाले तर ति शैक्षीक माफियाहरुको खुसि धेरै दिन सम्म टिक्न सकेन । भ्याकुताले चेपागाणा जन्माए जसरी इन्जिनियर त उत्पादन गरे तर इन्जिनियरिंग लाइसेन्स लिने बेलामा धेरै चेपागाणाहरुलाई भ्याकुता बन्न नसक्ने भन्दै नेपाल इन्जिनियरिंग परिषदले रोक्दिन थाल्यो । त्यसपछी तारो बन्यो इन्जिनियरिंग परिषद । आखिर त्यो पनि उनिहरुकै सिकार बन्यो, कलेजकै सर्टिफिकेटको आधारमा इन्जिनियर हुने लाइसेन्स नचाहिने नियम बनाइयो । अझ यतिले मात्र नपुगेर बि इ  पास समेत नगरेको ब्याक्तिलाई समायोजनको नाममा उपाधि झुन्ड्याउने बिधान समेत पारित परियो ।  त्यसपछी भने मनपरीतन्त्रको रफ्तारमा कुरै अबरोध रहेन । यसरि पछिला केहि बर्षहरुमा बर्षेनि हजारौ इन्जिनियरहरु उत्पादन त भए तर उनीहरुले बजार पाउन निकै अप्ठ्यारो पर्यो । पछिल्ला बिकसित प्रबिधि चलाउन त के देख्न समेत नदेखेका यस्ता इन्जिनियरहरुको ‘धरहरा उखान’ बन्दै गर्दा देशले धेरै इन्जिनियरहरु बिदेशबाट आयात गर्न बाध्य भयो । अहिले बायु सेवाको कम्युनिकेसन क्षेत्र हेर्ने मुख्य इन्जिनियर भारत बाट ल्याइएको छ भने देशमा प्रयोग भएका ट्राफिक लाइट मर्मत गर्न जापान बाट इन्जिनियरहरु बोलाउन पर्छ । देशकै कतिपय सरकारी कलेजमा बिदेशी सहयोग मार्फत प्राप्त आधुनिक मेसिनहरु चलाउन जान्ने दक्ष प्राध्यापकको अभाबमा कमिलाको राजमार्ग बनेका छन् ।
          पछिल्लो समय इन्जिनियरिंग परिषदले विदेशमा आफ्नो स्वीकृति नरहेका बिश्वबिद्यालयबाट बि इ गरेर आउने बिध्यार्थीहरुलाई नेपालमा इन्जिनियरको मान्यता नदिने निर्णय गरेको छ (परिषदले बिश्वका ३८ देशका ५१० बिश्वबिद्यालयहरुलाई मान्यता दिएको छ)। यो निर्णय ज्यादै नै सराहनीय रहेको छ, यधपी केहि उत्कृष्ट   बिश्वबिध्यालयहरुलाई मान्यता नदिएको गुनासो सुनिन्छ यसमा भने ध्यान दिन जरुरि देखिन्छ । यसरि नै नेपालकै इन्जिनियरहरुले पनि परिषदबाट लाइसेन्स लिनुपर्ने बेबस्था बनाइयो भने, यत्तिले पनि शैक्षिक माफियाहरुको भर्ति केन्द्रमा ठुलै धक्का पुग्ने अनुमान गर्न सकिन्छ र कुशल इन्जिनियरहरु ‘धरहरा उखान’को सिकार हुन सायद पर्नेछैन । सम्बन्दन दिनको लागि इन्जिनियरिंग परिषद मार्फत नै एउटा निकाए खडा गरेर अनुगमन गर्ने जिम्मा दीइयोस र आधारभूत पूर्वाधार नभएका कलेजहरुलाई खारेज गरियोस । सुरुको चरणमा यति मात्र गर्न सकियो भने पनि केसी सत्याग्रह पछी आँखा गडेको इन्जिनियरिंग क्षेत्रलाई थोरै मात्रामा भएपनि सुरक्षित पर्न सकिन्छ की भन्ने मरो अनुमान हो ।     

२०७० फागुन १७ गते "पोखरा हटलाइन"मा प्रकाशित  
    
  
  

       

Comments

Popular posts from this blog

सायन जस्तै छ 'भागेर भुगोलभरि'

<![endif]--> भूमिका     यो कुनै वाद उपबादको प्रयोग गरेर लेख्न लागेको किताबको समालोचना होइन । यो प्रध्यापकीय समालोचना पनि होइन । अझ बास्तबमै भन्ने हो भने त मलाई समालोचना गर्नै आउदैन । यो त सायन र उसको कविता संग्रह दुवैलाई भेटिसकेपछि उनीहरू बिचको समानता र केही भिन्नता प्रतिको मेरो व्यक्तिगत धारणा मात्र हो । मेरा पाठकहरूलाई त्यसरी नै बुझिदिन आग्रह गर्दछु । कहिले कहीं आकश्मिकताले ठाँउमै हिर्काउछ । गएको पालि एकपटक हिर्कायो । हिँडेको थिएँ चितवन , पुगियो कवास्वती । मलाई पहिला अलि अलि थाहा थियो , एउटा ढेब्रो चस्मा लगाउने कालो बर्णको कवि प्राणी , त्यतै कतै थारु भिलेजको नजिकै बस्छ । मैले उसका केही कविता र त्योभन्दा बढी किस्साहरूमा थारु भिलेजलाई केही महिना अगाडिबाट भेट्दै आएको थिएँ । यसपाली चाँहि कवि सायनले भन्दा बढी किस्से सायनले मलाई बढी तान्यो । (माफ गर्नुहोला , कविता लेख्नेलाई कवि भनेजस्तै किस्सा सुनाउनेलाई के भन्छन मलाई थाहा भएन , आफैले नाम राखिदिए किस्से ।) म सायनलाई भन्दा बढी थारु भिलेजलाई भेट्न गएको थिएँ तर अफसोच थारु भिलेज पुग्ने सपना अधुरै रह्यो । भिलेजम...

मृत्युको अह्वान (कविता)

प्रिय शासक ! म असरफ फयाद तिम्रो हारेको युगमा जितेको सिपाही जो तिम्रो हातबाट मृत्यु चाहन्छ । तिमी र मबीच अलिकति फरक छ । मैले खुदाको मुहार पसिनाको रंगजस्तै देख्छु तिमीले रगतको रंगजस्तै देख्छौ म आफ्नाको जीवनलाई धर्म भन्छु तिमी अर्काको मृत्युलाई धर्म मान्छौ म मृत्युको खबरले पनि निन्याउरो हुन जानिनँ तिमी अमृत पिएर पनि हाँस्न सकेनौ । अरु त सबै उस्तै हो म पनि अँध्यारो मन नपराउने मान्छे । कुरानमाथि हात राखेर यति मात्र भनेको हुँ – प्रेमको भाषा सजिलो हुन्छ अँध्यारोको रंग कालो हुन्छ उज्यालो सबैभन्दा ठूलो धर्म हो र सानो स्वरमा भनें – मलाई पिंजडाको जीवनभन्दा आकाशको मृत्यु मन पर्छ यहाँभन्दा बढी त मैले केही जानेको पनि छैन । धन्य ! तिमीले अन्तिम वाक्य भए पनि सुनेछौ । मेरो प्रिय शासक ! म तिम्रै हातबाट मृत्यु चाहन्छु । मेरो निन्याउरो अनुहार देखेर तिमीलाई रिस नउठ्ला भन्ने पिरले मैले रुन बिर्सिदिएको धेरै भयो बरु मलाई यत्ति पिर छ कि, म हाँसिदिए भने कतै तिमीले निशाना त चुकाउँदैनौ ? तिमीले कसरी मार्छौ, त्यो तिम्रै मर्जी । झुन्ड्यायौ भने मेरो घाँटी थिचिनेछ अनि एक–एक गरी खुल्नेछन् आजसम्म थिचिएका गालाहरु तरबारल...

राष्ट्रियता भन्नु पनि त पैसै रहेछ साहेब !

बेला बेला दिमागमा कन्सुत्लो पस्छ । अनेक चिज सोचिदिन्छ । कति त भन्नै डर लाग्ने हुन्छन् । यसपाली पनि एउटा खतरनाक चिज सोचिदियो, यो देश नभए के हुन्छ ? झट्ट मुटु फुलेर जवाफ दियो । देश भनेको तेरो पहिचान हो । देश नचाहिने मान्छे त जंगलमा जानु । हत्तपत्त सम्झें मलाई यहि देश चाहि किन चाहिन्छ ? यदि म अर्को देशमा गएँ भने मेरो राष्ट्रियता म संगै जान्छ कि यतै छुट्छ ? के हो राष्ट्रियता ? के के कुराले बनाउछ राष्ट्रियताको दायरा ? यो देशको जीवजन्तुको हुन्छ कि हुदैन राष्ट्रियता ? कस्तो हुन्छ यसको मुख ? भयो अब प्रश्न मात्र नगरौं अब यसकै वरिपरी घुमेर केहि बातचित गरौँ ।   मैले अघिल्लो साल आफ्नै ब्यबसायिक कामको लागि सिमाना नजिक लगभग २ महिना बस्ने अवसर प्राप्त गरेको थिएँ । त्यहाँका धेरै मानिस यस्ता छन् जसले म बसेको भुमि नेपाल हो भनेकै कारण हरेक दिन पिडा खेपेका छन । कहिले भारतीय भुशतिघ्रे एस.एस.पी को ज्यादति त कहिले चोर गुण्डाको ज्यादति । आज आफ्नो देशमा आफ्नो भएको जग्गा भोलि उठ्दा सिमाना सरेर अर्कै देशमा अर्काको हुने डर । अझ अर्कैले हडप्दा पनि केहि गर्न नसक्नु, डर भन्दा ठुलो पिडा हुदो रहेछ । यो देशको...