सायन जस्तै छ 'भागेर भुगोलभरि' - SUMAN LAMSAL

Breaking

Subscribe Us

BANNER 728X90

Tuesday, February 10, 2015

सायन जस्तै छ 'भागेर भुगोलभरि'

<![endif]-->
भूमिका   
यो कुनै वाद उपबादको प्रयोग गरेर लेख्न लागेको किताबको समालोचना होइन । यो प्रध्यापकीय समालोचना पनि होइन । अझ बास्तबमै भन्ने हो भने त मलाई समालोचना गर्नै आउदैन । यो त सायन र उसको कविता संग्रह दुवैलाई भेटिसकेपछि उनीहरू बिचको समानता र केही भिन्नता प्रतिको मेरो व्यक्तिगत धारणा मात्र हो । मेरा पाठकहरूलाई त्यसरी नै बुझिदिन आग्रह गर्दछु ।

कहिले कहीं आकश्मिकताले ठाँउमै हिर्काउछ । गएको पालि एकपटक हिर्कायो । हिँडेको थिएँ चितवन, पुगियो कवास्वती । मलाई पहिला अलि अलि थाहा थियो, एउटा ढेब्रो चस्मालगाउने कालो बर्णको कवि प्राणी, त्यतै कतै थारु भिलेजको नजिकै बस्छ । मैलेउसका केही कविता र त्योभन्दा बढी किस्साहरूमा थारु भिलेजलाई केही महिनाअगाडिबाट भेट्दै आएको थिएँ । यसपाली चाँहि कवि सायनले भन्दा बढी किस्सेसायनले मलाई बढी तान्यो । (माफ गर्नुहोला, कविता लेख्नेलाई कवि भनेजस्तै किस्सा सुनाउनेलाई के भन्छन मलाई थाहा भएन
, आफैले नाम राखिदिए किस्से ।) म सायनलाई भन्दा बढी थारु भिलेजलाई भेट्न गएको थिएँ तर अफसोच थारु भिलेज पुग्ने सपना अधुरै रह्यो । भिलेजमा भन्दा आकर्षण सायनमा धेरै रहेछ ।

होटलको दिदीलाई चोर औला देखाएर केही थप्न इसारा गर्दै उसले भन्यो अँ भाइ किताबअबको १ महिनामा आउछ हैमैले साबिक जस्तै जिस्काइदिएँ,  “हैन दाइ संविधाननबनी किताब निक्लेला र ?”, “निस्कन्छ यार नाम पनि फाइनल भैसक्यो, भागेरभूगोल भरि कस्तो छ ?” यसपाली चाँहि अनुहार अलि सिरियस थियो । म केही बेरबोलिन भाइ नाम मन परेन ?” दाइ अलि डराए जस्तो गर्याे । मैले फ्याट्ट भनेंमदिरा जस्तो छ यार सुरुमा नमिठो बिस्तारै मिठो”  सकिदैन गजलकारहरूसँगउसले निरन्तरताको उत्तरमा क्रमभंगता गरेन । मैले त्यही मेहेफिलमा पहिलो पलटहात मिलाएको थिएँ भागेर भूगोलभरिसँग तर पहिलोपल्ट भेटेको साथीको पनि साथीसँग हात मिलाएभन्दा बढी चाँहि भएन । उस्ले कभर फोटो पनि त्यही दिन देखाएको थियो । मलाई किताबको नामभन्दा बढी फोटो मन पर्याे ।

यतिन्जेलसम्म हामीहरू दाजु भाइ जस्तै भैसकेका थियौं । कहिले कहीं ननभेज जोक भेटियो भने म उसलाई इनबक्समा खासालिदिन्थे । ऊ बेला बखत जोक सुनाइरहन्थ्यो । अन्तिममा उसको सधै एउटा कुरा चाहि छुट्थेन, जोक लेख्न कविता लेख्नभन्दा गार्हो हुन्छ । ऊ पिएको बेला कविता सुनाउनु अपराध हो भन्छ । जोक पनि अरुका सुनाउन उसलाई मन लाग्दैन । त्यसकारण ऊ बेला बेला जोक लेखि बस्छ । उसको लेखनमा केही आइडिया थपिएला भनेर मैले मन परेको जोक उसलाई पठाउने गरेको थिएँ ।

उसलाईधेरैले आफ्नो एकदमै निकटको मित्र सम्झन्छन । मेरो एकजना दाइले आफूलाईसायनको बारेमा सबै कुरा थाहा हुने र यो सहरमा आफू नै उसको सबैभन्दा नजिककोभएको बताए । अर्काे दिन अर्काेले पनि त्यही बताए । वास्तविकता बुझ्नमनलाग्यो । बास्तबमा ऊ कसैले सोचे जत्तिको नजिक पनि हुदैन र टाढा को पनिहोइन । ऊ त सम्बन्धको प्रिज्म भित्र लुकी बस्दो रहेछ । जताबाट हेर्दा पनिनजिकको देखिने । ठ्याकै त्यस्तै छ उसको सन्तान भागेर भूगोलभरि। उसले कसैको मन दुखाएको छैन । कसैको भक्ति गुणगान गएको छैन । सायद यही कारण पनि धेरैले मन पराएका छन । पढ्दा पढ्दै थाहै हुदैन उसले कुन बेला पाठकको दिलको रिदमलाई चोरि लैजन्छ र आफ्नो जस्तै बनाएर पठाइदिन्छ ।

एकपटक उसले फेशबूकमा बिज्ञपन राख्यो, “भुटानको राष्ट्रिय गान कसैलाई थाहा छ भने भनिदिनुस। सार्है नै अप्ठेरो परेछ दाइलाई भन्ने सोचेर मैले गुगोलबाटखोजेर भित्तामा टास्दिएँ । अहिले किताब पढ्दा पो थाहा भयो त्यो उसले एउटा शरणार्थी श्रापमा राख्नको लागि खोजेको रहेछ । यतिबेला मलाई उसको अर्काे बानि पनि कवितासँग मिल्ने लाग्यो । उसले अरुहरू झैँ म रमेश सायन हो भनेर पोस्टर बोकेर हिडेको मलाई याद छैन । यो देशमा सामान्य साहित्य क्रममा लागेको मान्छेले म सायनलाई चिन्दिन भनेको पनि मलाई याद छैन । हो उसले केही कवितामा यस्तै बिज्ञापन बिधि अप्नाइदियो । कविताभन्दा बाहेक पनि शिर पुछारमा केही झुण्डाएको छ । एउटा शरणार्थी श्रापएक ब्रिद, रिटायर्डअफिसर अर्थात फुर्सदको मान्छेयस्का उदाहरणहरू हुन् ।

सायन आफैमा लोहोरो जस्तो छ । उसलाई अरुका क्रिया प्रतिक्रियाले आफ्नो जीवनमा त्यति असर पर्दैन । ऊ धेरै पटक ज्वरो आएको बेला पनि पूर्व देखि पश्चिम पुगेको छ । तर ज्वरो चाँहि हाकिमको फोनमा मात्र आउथ्यो । अफिसमा जति सुकै महत्वपूर्ण काम छ भनोस उसलाई मतलब हुदैन । किताब भित्र एक ठाँउमा लोहोरो सायन देखियो तर उसको इन्ट्री जीवनमा जस्तो रमाइलो खाल्को भएन ऊ गम्भीर भएर बोलेको छ
अँगेनामा लोहोरो पोल्न हालेको छ
यो नापाकुन्जेल रुँग्नु
र पाकेपछि अघाउन्जेल खानु
(गाँउमा पेज ९ )
आमाले घरबाट फोन गरेको दिन उसले हाकिमलाई हजुर मेरो भगवान पनि भनिदिएको छ । किनकि उसलाई तलब छिटै चाहीएको थियो । सायद उसले त्यही पापको प्रयाश्चित गर्न कविता लेख्यो हाकिम स्केच। उसले एकपटक प्रेमिका भेट्न जाने बेलामाउसको ज्वरो फर्मुला फल्प खायो । कारण हाकिम उसँगै थियो । बेलुका आएर कवितालेखिदियो ।
मालिकले भन्यो
ठिक छ
आज थुप्रै काम छ
सप्पै सक
र भोलि मर
(जागिर १८)
उसले एकपटक मेरो लाइसेन्स हेरेर भनेको छ भाइ तँ जन्मदा त मैले कविता लेख्न थालिसकेको रहेछुू ।”, “भनेपछि दाइलाई अंकल भनम त ?” मैले जिस्काउदै भनेँ । ऊ अलि गम्भीर भएर भन्यो, “ए हो त है म बुढो पो भएछु । तर धेरै काम गर्न बाँकी छ यार ।त्यति बेला मृत्युको देशबाट छुटी आएको एक चिम्टी हावाले उसलाई छोएर गयो । उसलाई आफ्नो उमेर देखि डर लाग्यो । सायद धेरै जिम्मेवारीले किचे जस्तो अनुभव गर्याे । ऊ एउटा कवितामा यसरी नै हाजिर छ
फूलहरू किन मभन्दा बुढा हुदैनन् ?
के फूलहरूले ऐना हेर्दैनन् ?
कि फूलहरूले जन्मदिन मनाउदैनन् ?”
(
जन्मदिन र फूल १९)
दाइको घर चाहिं कता नि भन्ने मेरो प्रश्नमा उसले भनेको थियो । भाइ मेरो घर छैनयार कुनै बा को कुनै दाइहरूको मात्र हो ।सायद यही बेलाको सयन शास्त्रले किताब भित्र पनि एक ठाँउमा काम गर्याे । तर यसपाली पनि उसको इन्ट्री अर्कै हिसाबले भयो । उसले रेगीस्थानको पसिनाले कलम भर्याे । निमबाट रेगीस्थानकै ब्यथा बनेर शब्दहरू खसिदिए ।
घरै नाभएपछि
शृंगारले पनि अनुहारलाई हेप्दोरहेछ
लिलाम २३
प्रत्यक मान्छे आफ्नै जिन्दगीको माउते हो । हात्तीसँग आफ्नो शक्तिको भ्रम छ र नै माउते बाँचेको छ । जिन्दगी भित्र पनि थुप्रै भ्रमहरु छन् र त हामी बाँचेका छौं । सायन भित्र पनि थुप्रै भ्रमहरू छन् । ऊ बिराटनगर हिडेको मान्छे बेला बखत भ्रमले नै पोखरा आइपुग्छ । तलब पाएको दिन उसले कहिलेकाहीं थारु भिलेज रिजभ पनि गरिदिन्छ ।
हात्तिको भ्रमजस्तै कम्तीमा महिनाको एकदिन
मसँग पनि हुन्छ
धनी भएको भ्रम
(
माउते २५)
हरेक मान्छे भित्र दुइ मान्छे हुन्छ । एउटा देखाउने मान्छे एउटा लुकाउने मान्छे । ऊ पनि दुई वटा मोडमा आफूलाई चलाउछ । एउटा मोड १ अर्काे मोड ० । उसको मोड १ धेरै देखेको छु मैले, जहाँबाट सुख, हाँसो, रमाइलो आदि इत्यादिनिस्कन्छन् । ठिक बिपरित चल्ने मोड ० कम देखेको छु । उसले खुब लुकाउन खोज्छमोड ० । हामीसँग जति नै लुकाए पनि उसले कवितामा भने यो कुरा लुकाउन सकेन ।उसले तितो यथार्थलाई पेंटिंग गरेर राखिदियो ।
संसारको सबैभन्दा बढी प्रेम बोक्ने मेरा बालाई
म कसरी भनौं
टेस्ट्युबमा जन्मने हाम्रो सन्तान
आमाजस्तो बनाउने कि बाउ जस्तो बनाउने भन्ने झगडामा
भर्खरै मेरी श्रीमतीसँग सम्बन्ध बिछोड भएको कुरा
(
समय अन्तर ३८)
आजकाल ऊ साहित्यभन्दा बढी धार्मिक दर्शनका किताब पढी बस्छ । सायद त्यसैले पनि उसले मान्छेको जीवनलाई मान्छेबाट हिंडेर मान्छेसम्म पुग्ने बाटो भनेको छ । ऊ भगवान र आमा माथि बराबर आस्था राख्छ । प्रेमिकालाई माया गर्छ । देशलाई सम्मान गर्छ । धेरै कविताहरू हुबहु उसको अनुहारसँग मिल्दो जुल्दो छन् । केही कविताहरू छन् जो उसको अनुहारसँग मिल्दैनन् । उसका सन्तानजस्ता पनि छैनन् । सायद उसले व्यवशायिक बाध्यता बुझेर किताबको पेज बढाउन यो हर्कत गर्याे । तर नगरिदिएको भए धेरै राम्रो हुन्थ्यो । उसको हाकिम स्केचपाँच पटक पढें कतैबाट पनि सायन जस्तो छैन । यो त हाकिम जस्तो छ ।

मेण्डलको नियम अनुसार पनि सन्तानमा सबै गुण बा आमाको मात्र हुदैन । भित्र लुकेर बशेको हजुरबा जीवा को गुण पनि केही हदसम्म आउछ । सायद उसको सन्तानमा पनि त्यस्तै भयो । केही ठाउमा उसले आफूलाई ओछ्याएर कवितालाई आफू माथि हिडाएको छ । मन्त्र जस्ता छन् कविताका लाइनहरू ।
आमा पत्रमा पठाउनुहुन्छ
आफ्ना चोखा इन्द्रीय
र मेरै लाटो चेतना
(
आमाको देश ५३)
तैले पठाएको पैसाले चाउचाउ किनी खान्छु
मंशिरमा त्यही खेतमा
तैले धान झारेको सपना देख्छु
(
आमाको देश ५४)
यसरी मैले केही नचोरी बाँचिरहदा
समयले मैलाई चोरेर हिँडिसकेछ ।
(
चोर ६१)
उसले आजसम्म अरुले ख्वाएको रक्सी बामिट हुनेगरी खाएको छैन । त्यसकारण पनि उसको कवितामा रक्सीको गन्ध छैन । अरु कसैको नामको बमिटका छिटाहरू पनि कवितामा परेको छैन । कहिले ऊ कवितामाथि हिड्छ कहिले ऊ माथि कविता हिड्छ । ऊ सिंगो कविता  जीवन बाँचेको छ ।
दिनभरि कालो बाटो हिडेर बेलुका जबर्जस्ती कवितामा आदर्श वकल्ने यो सहरका धेरै कविभन्दा ऊ फरक छ ।सम्पादनको नाउमा आफ्नो श्रीमती छोरा छोरी पाउन अरुलाई नै पठाउने धेरै साहित्यकारभन्दा पनि फरक छ । सायनले भन्दा राम्रो सन्तान जन्माउने सहरमा धेरै होलान तर उनीहरू धेरैका सन्तानमा उनीहरूको व्यक्तिगतभन्दा बढी सामुहिक विर्यको प्रभाव छ । देवकोटा थिए, चुरोट खान नपाउदा चुरोटको कविता लेखे । दुनियाँले पागल भन्यो पागलको कविता लेखे । मैले सयनाको कवितालाई देवकोटाको कवितासँग तुलना गर्न खोजेको होइन । केवल कविता भित्र बाँच्ने तरिकाको तुलना गरेको हुँ ।

सायन अहिले यो देशमा छैन । यतिबेला मलाई उसको एउटा कविताको स्टेन्जले खुब हिर्काउछ ।
आफ्नै आयतनमा नअटाएपछि
हिंडेको हुँ हतारको म्याराथुन
च्यातेर तमाम सिलसिलाहरू
नाघेर आफ्नै सीमानाको परिधि
(
एक बृद् रिटार्ड अफिसर३१)
सायद अब त उसले उताको भाषा पनि धेरै जानी सक्यो होला । उतैको भाषामा जोक पनि बनाइसक्यो होला । कविता चाँहि लेख्न भ्याएको छैन कि ? मलाई उसले जाने जस्तै उसका कविताहरूलाई पनि अरु भाषा सिकाउन मन छ ।

मैले माथि उल्लेख नगरेका उसका केही प्रतिनीधि कविताहरू छन् । नाम धनीमाया थारु वर्षाचौरासी”, “आइसक्रिम जिन्दगीजस्ता मैले छुटाएका कविताहरू शसक्त छन् । यी कविताहरूको बारेमा म नबोल्नुको कारण ऊ आफै बोलेको छ किताबको अन्तिममा । उसले अन्तिममा एउटा लामो कविता लेखेको छ कविताको किनारमा। त्यो उसको कविताको पनि कविता हो त्यहाँ उसले लेखेको छ मैले छुटाएको कुरा ।

उसले भनेको छ, “मलाई यो भूगोलभारी धकेलिरहने शक्ति कविता हो ।सायद यो संग्रहनिकालेपछि उसको कवितामा अलि धेरै नै बल थपिएछ कि उसलाई धकेलेर अर्कैभूगोलमा पुर्याइदियो । ऊ जुन भूगोलमा पुगे पनि कविताको देशलाई नाभुलोस्मेरो शुभकामना ।

1 comment:

  1. एउटा कुरो- उनको कवितामा प्रयोग भएका विम्बहरू अल्छिलाग्दा र दोहोरिएका छन् । उदाहरणको लागि, घाम, गुलाब बाहेक कुनै कवितै बनेका छैनन् ।

    ReplyDelete