कहिले काँही अलि बढी नै साहित्यकार टोपलिईन्छ , त्यो दिन घर र समयलाई नै बिर्सिदोरहेछ । केहि दिन अगाडिको कुरा हो मित्र राजिब र म अलि बढी नै गफपान गर्न लागिएछ क्यारे समयको ख्यालै नगरी माहोलमा हराइएछ । बढी नै टिनमा पानीको आवाज पर्न थालेपछि चाँही दुबैलाई घडीले झस्क्यायो । किनकि त्यो दिन त्यहाँ भएका मध्यका सबैभन्दा टाढा पुग्नुपर्ने हामीलाई नै थियो । सायद सबैजनाको घर पुग्नुपर्ने बाटोको मध्यिका निकालेर होला त्यो दिन हाम्रो झुण्डले गफिने साइत रामबजारको एउटा क्याफेमा जुराएको थियो । अरु साथीहरु कोहि घोडामा सबार थिए त कोहि त्यतै नजिकै बस्दथे । सधै चढेर हिड्ने घोडालाई पनि त्यो दिन खै के मा चित्त परेनछ धोका दियो । हामि जाँदा त माईक्रोमा गइयो तर आउने बेला चाँही साँच्चिकै समस्या पर्यो पानी सिमसिम परेको थियो , हामी साथीहरुसँग बिदा मागेर हतार हतार बाहिर निस्कीयौं । सायद भित्रबाट आएको जोश सेलाई सकेको थिएन , राजिबले हिडेरै जाने प्रस्ताब पेश गर्यो । म पनि जोशिएँ र हिड्न थालियो । बुद्धचोक सम्म आउँदा नै खुट्टाहरुले नोट अफ डिसेन्ट लेखे...