Skip to main content

"एस एल सी पछाडि चारो हाल्न खप्पिस छन् शिकारीहरू"

         "हाम्रोमा नेपालका उत्कृस्ट कलेजहरूमा विभिन्न विषय पढ्नको लागि नाम निकालीनुका साथै कम्प्युटर सिकाएर सजिलै अंग्रेजी बोल्न सिकाइन्छ" यस्तै यस्तै पोस्टर पम्प्लेट बोकेर एक हुल कोट र टाई लगाएकाहरू २०६५ सालमा म पढेकै विद्यालयमा पुगेका थिए । विषयबस्तुमा राम्रै दख्खल हुँदा हुँदै पनि हामी सरकारी स्कुलमा पढ़नेहरूलाई अंग्रेजी भाषा भने सधै हाउ गुजी नै बन्ने गर्छ झन् त्यही माथि यसकै कारण उच्च शिक्षा को प्रबेश परिक्षामा पनि ठुलो अप्ठ्यारो पर्न सक्ने डर हामीलाई तिनै कोट टाई लगाएर गाउँ पसेकाहरूले पहिल्यैबाट देखाउने गर्थे । सानै देखिको विज्ञान पढ्ने सोख पनि पुरा हुने अंग्रेजी पनि जानिने कम्प्युटर पनि आफैले चलाउन सकीने भनेपछि मलाई पनि अरु के चाहियो र ? संसारै जित्न लागेको जस्तो भयो मन । घरमा बा आमालाई आफूले सक्ने जति गफ लगाएर झोला कसियो पोखरा झर्नको लागि । म संगसँगै केही साथीहरू पनि झोला भरि सपना बोकेर झरे। हामीलाई पोखरा आएपछि कहाँ कसलाई फोन गर्ने भनेर नम्बर पहिले नै दिइएको थियो । हामीहरू फोन गरेर उनीहरूलाई भेटेउ । महँगो रकम सुरुमै तिरेर इन्सटिच्युटमा भर्ना पनि भएउ । पछि थाहा भयो पैसा किस्ता किस्ता गरेर पढ्दै गएपछि तिर्न पनि पाइने रहेछ । हामी भर्ना भएको इन्सटिच्युटम त ब्रिचकोर्श मात्र पढाइने रहेछ, अंग्रेजी भाषा अर्कैमा र कम्प्युटर अर्कै इन्स्टिच्युटमा पढाइने भन्ने कुरा जानकारीमा आयो । भर्ना भाएको ३ दिन पछाडिबाट पढ्न जान सुरु गरियो । ब्रिचकोर्शको कलासमा नबुझिने भए पनि अंग्रेजीमा केही फर्मुला र थेउरमहरू लेखाइने गर्थ्यो पछि मात्र थाहा भयो त्यो बेला कक्षा ११ को विज्ञान संकाय अन्तर्गतका विषयहरूको सुरुका केही पाठहरू रटाइएको रहेछ । भाषा सिक्ने ठाउमा त हामीले जानेको भाषाभन्दा पनि गलत र कम गुणस्तरको भाषा पढाइने गर्थ्यो भने कम्प्युटर चाहिं हेर्न मात्र पाए पनि रमाइलो नै लाग्थ्यो । मैले केही दिन पछाडि भाषा सिक्न जन छाडिदिए तर ब्रिचकोर्श पैसाकै मायाले पनि छाड्न सकिन, कम्प्युटर चाहि आफ्नै इक्षा र केही नयाँ जानेजस्तो लगेर पनि छाड्न सकिन । कम्प्युटर इन्स्टिच्युटबाट चाहि कम्प्युटर सम्बन्धी राम्रैसँग जानिएको रहेछ भन्ने आजका दिनमा सोच्दा पनि लाग्ने गर्छ ।
                अब कतिसम्म सार्थक बन्यो ब्रिचकोर्श भन्ने कुरा आउछ। मेरो अनुभवमा चाहिं, कुनै पनि कलेजको प्रवेश परिक्षामा ब्रिचकोर्शमा रटाइएको कक्षा ११ को विषयबस्तु सोधिए जस्तो लागेन र अर्को मुख्य मेरो भ्रम त कहाँ नेर रहेछ भने प्रवेश परिक्षामा उत्तर नेपालीमा पनि लेख्न पाईदो रहेछ, अँझ कति टप कलेजहरूको त प्रश्न पनि नेपालीमै हुदो रहेछ । प्रवेश परिक्षा पछाडि केही पछुतो पनि लाग्यो ब्रिचकोर्श गएर ११ कक्षाको पाठ रट्नुभन्दा बरु पुरानै कुरा दोरयाएर घरमै बसेर पढेको भए पनि हुने रहेछ । त्यो ब्रिचकोर्शको पढाईले ११ कक्षामा कत्तिको सहयोग पुर्यायो भन्ने प्रश्न पनि उठ्न सक्छ । हामीले त्यहाँ ३ महिना लगाएर पढेको विषयबस्तु ब्रिच कोर्श नलिनेले पनि १० दिन जातिमा मज्जाले रिकोभर गरेको थियो ।
         हाम्रोमा ब्रिचकोर्शलाई प्रवेश परिक्षा पास गर्ने जादुको छडीको रुपमा बिज्ञापन गर्दै आइएको छ । अंग्रेजी भाषाको इन्सटिच्युटमा गएपछि अंगेजी डिक्सनरी नै सृन्जमा राखेर लगाइदिने हो भन्ने जस्तो गर्छन केही भ्रमको खेती गरेर विद्यार्थी ठग्न पल्केकाहरू । मिडियाहरू पनि पैसासँग आफ्नो विश्वास्नीयता बेचिदिन्छन । पैसा पाएपछि नेपालको राजधानी पोखरा हो भनेर बिज्ञापन बजाइदिन समेत पछि पर्दैनन् । उनीहरूलाई आफ्नो गलत जानकारीका कारण कहा कति जनाले सस्ति भोग्नु परेको छ भन्ने कुराको कहिल्यै हेक्का हुदैनन् । बास्तबमा यस्ता हामीलाई ठुला महत्वाकांक्ष बोकाइदिने सस्थाहरू केवल हावा भरिएको बेलुनभन्दा अरु केही हुदैनन् जुन छुनेलाई मात्र थाहा हुन्छ देख्ने र सुन्नेलाई थाहा हुदैन ।
          विशेष त यस्ता सिकारिहरूको पासोमा पर्ने गर्छन सरकारी स्कुलबाट आएका बिध्यर्थीहरू । एक त गाउबाट आएका उनीहरूलाई सहरी प्रवृतिको बारेमा त्यति राम्रो ज्ञान हुदैन भने अर्कोतिर अंग्रेजी भाषालाई नै आधार बनाएर उनीहरूलाई सजिलै ठगीदिन्छन् यहाँका चतुर शैक्षिक व्यवसायीहरू । यहाँ कतिसम्म देखियो भने, 'नाम ननिस्के पूर्ण शुल्क फिर्ता' भनेर बोर्ड राखेर बसेकाहरू रीजल्ट आउने बेलामा सेती तरे कि काली तरे कसैलाई पत्तो हुदैन । अलि अगाडिको एउटा घटना हो स्टाफ नर्सको तयारी कक्षा चलाएर बसेको एउटा इन्सटिच्युटको मालिक ८०भन्दा बढी विद्यार्थीबाट प्रवेश परिक्षा को फारम भरिदिने भनेर शुल्क उठाएर फरार भएका थिए। आफ्नो फर्म भरिएको भ्रममा रहेका बिध्यर्थीले प्रबेश पत्र लिन जाने बेलामा मात्र आफ्नो फर्म नभरिएको कुरा जानकारी पाएका थिए। यो त एउटा प्रतिनीधि नमुना मात्र हो यस्ता गिरोहहरू यहाँ धेरै नै संचालनमा छन् ।
 यस्ता कोर्शहरूको केही फाइदा यो अर्थमा छ कि भर्खर स्कुले जीवनको एउटा जन्जिरबाट खुल्ला हुदा बाहिरि खुल्ला वातावरणले बिगार्न सक्ने विद्यार्थीहरूलाई भने ब्यस्त रहने माध्याम बन्न सक्छ तर जन्मेदेखि नै दुखहरूसँग पैठेजोरी खेल्दै आएको एउटा किसानको छोरोले चाहि ऋण काडेर ब्रिचकोर्श गर्नै पर्छ भन्ने मलाई लाग्दैन ।
 अहिले एस एल सी भर्खरै मात्र सकिएको छ । विशेष गरी यस्ता बिभिन्न शिर्षकमा बिभिन्न कोर्शहरू संचालन गर्ने इन्स्टिच्युटहरू यतिबेला मज्जैले सल्बलाइरहेका छन् । यो बेला उनीहरू मुखमा आएको र आफूले जाने जति आस्वासनका कुनै पनि शब्द उच्चारण गर्नबाट चुक्दैनन । को कतिसम्म विश्वासनीय र कहाँबाट अधिकतम र न्यूनतम के कुरा सिक्न सकिन्छ भनेर भन्ने राम्ररी बुझ्ने काम बिध्यर्थिहरूकै हो । पैसाको लोभमा नपरी काल्पनिक मनगणन्ते र भ्रामक खालको बिज्ञापन सम्प्रेषण नगरेर मिडीयाहारुले पनि समाज सुधारको लागि सकारात्मक भूमिका खेल्न आवश्यक छ ।
            प्रत्यक बिध्यर्थिहरूले हल्लाको पछाडि नलागि आफ्नो क्षमताको पहिचान आफैले गरेर आफूमा कुन विषयको ज्ञानको कमि छ त्यही विषय राम्रो सस्था छानेर अध्यान गर्न सकुन्। कुनै पनि विद्यार्थी म जसरी सिकारीको सिकार हुन नपरोस मेरो शुभकामना..

२०७० चैत २२ गतेको "पोखरा हटलाइन" मा प्रकाशित 


Comments

Popular posts from this blog

सायन जस्तै छ 'भागेर भुगोलभरि'

<![endif]--> भूमिका     यो कुनै वाद उपबादको प्रयोग गरेर लेख्न लागेको किताबको समालोचना होइन । यो प्रध्यापकीय समालोचना पनि होइन । अझ बास्तबमै भन्ने हो भने त मलाई समालोचना गर्नै आउदैन । यो त सायन र उसको कविता संग्रह दुवैलाई भेटिसकेपछि उनीहरू बिचको समानता र केही भिन्नता प्रतिको मेरो व्यक्तिगत धारणा मात्र हो । मेरा पाठकहरूलाई त्यसरी नै बुझिदिन आग्रह गर्दछु । कहिले कहीं आकश्मिकताले ठाँउमै हिर्काउछ । गएको पालि एकपटक हिर्कायो । हिँडेको थिएँ चितवन , पुगियो कवास्वती । मलाई पहिला अलि अलि थाहा थियो , एउटा ढेब्रो चस्मा लगाउने कालो बर्णको कवि प्राणी , त्यतै कतै थारु भिलेजको नजिकै बस्छ । मैले उसका केही कविता र त्योभन्दा बढी किस्साहरूमा थारु भिलेजलाई केही महिना अगाडिबाट भेट्दै आएको थिएँ । यसपाली चाँहि कवि सायनले भन्दा बढी किस्से सायनले मलाई बढी तान्यो । (माफ गर्नुहोला , कविता लेख्नेलाई कवि भनेजस्तै किस्सा सुनाउनेलाई के भन्छन मलाई थाहा भएन , आफैले नाम राखिदिए किस्से ।) म सायनलाई भन्दा बढी थारु भिलेजलाई भेट्न गएको थिएँ तर अफसोच थारु भिलेज पुग्ने सपना अधुरै रह्यो । भिलेजम...

मृत्युको अह्वान (कविता)

प्रिय शासक ! म असरफ फयाद तिम्रो हारेको युगमा जितेको सिपाही जो तिम्रो हातबाट मृत्यु चाहन्छ । तिमी र मबीच अलिकति फरक छ । मैले खुदाको मुहार पसिनाको रंगजस्तै देख्छु तिमीले रगतको रंगजस्तै देख्छौ म आफ्नाको जीवनलाई धर्म भन्छु तिमी अर्काको मृत्युलाई धर्म मान्छौ म मृत्युको खबरले पनि निन्याउरो हुन जानिनँ तिमी अमृत पिएर पनि हाँस्न सकेनौ । अरु त सबै उस्तै हो म पनि अँध्यारो मन नपराउने मान्छे । कुरानमाथि हात राखेर यति मात्र भनेको हुँ – प्रेमको भाषा सजिलो हुन्छ अँध्यारोको रंग कालो हुन्छ उज्यालो सबैभन्दा ठूलो धर्म हो र सानो स्वरमा भनें – मलाई पिंजडाको जीवनभन्दा आकाशको मृत्यु मन पर्छ यहाँभन्दा बढी त मैले केही जानेको पनि छैन । धन्य ! तिमीले अन्तिम वाक्य भए पनि सुनेछौ । मेरो प्रिय शासक ! म तिम्रै हातबाट मृत्यु चाहन्छु । मेरो निन्याउरो अनुहार देखेर तिमीलाई रिस नउठ्ला भन्ने पिरले मैले रुन बिर्सिदिएको धेरै भयो बरु मलाई यत्ति पिर छ कि, म हाँसिदिए भने कतै तिमीले निशाना त चुकाउँदैनौ ? तिमीले कसरी मार्छौ, त्यो तिम्रै मर्जी । झुन्ड्यायौ भने मेरो घाँटी थिचिनेछ अनि एक–एक गरी खुल्नेछन् आजसम्म थिचिएका गालाहरु तरबारल...

राष्ट्रियता भन्नु पनि त पैसै रहेछ साहेब !

बेला बेला दिमागमा कन्सुत्लो पस्छ । अनेक चिज सोचिदिन्छ । कति त भन्नै डर लाग्ने हुन्छन् । यसपाली पनि एउटा खतरनाक चिज सोचिदियो, यो देश नभए के हुन्छ ? झट्ट मुटु फुलेर जवाफ दियो । देश भनेको तेरो पहिचान हो । देश नचाहिने मान्छे त जंगलमा जानु । हत्तपत्त सम्झें मलाई यहि देश चाहि किन चाहिन्छ ? यदि म अर्को देशमा गएँ भने मेरो राष्ट्रियता म संगै जान्छ कि यतै छुट्छ ? के हो राष्ट्रियता ? के के कुराले बनाउछ राष्ट्रियताको दायरा ? यो देशको जीवजन्तुको हुन्छ कि हुदैन राष्ट्रियता ? कस्तो हुन्छ यसको मुख ? भयो अब प्रश्न मात्र नगरौं अब यसकै वरिपरी घुमेर केहि बातचित गरौँ ।   मैले अघिल्लो साल आफ्नै ब्यबसायिक कामको लागि सिमाना नजिक लगभग २ महिना बस्ने अवसर प्राप्त गरेको थिएँ । त्यहाँका धेरै मानिस यस्ता छन् जसले म बसेको भुमि नेपाल हो भनेकै कारण हरेक दिन पिडा खेपेका छन । कहिले भारतीय भुशतिघ्रे एस.एस.पी को ज्यादति त कहिले चोर गुण्डाको ज्यादति । आज आफ्नो देशमा आफ्नो भएको जग्गा भोलि उठ्दा सिमाना सरेर अर्कै देशमा अर्काको हुने डर । अझ अर्कैले हडप्दा पनि केहि गर्न नसक्नु, डर भन्दा ठुलो पिडा हुदो रहेछ । यो देशको...