Skip to main content

प्रहरीको मा.प.शे. चेक गर्ने चाँही कस्ले ?


        
    कहिले काँही अलि बढी नै साहित्यकार टोपलिईन्छ, त्यो दिन घर र समयलाई नै बिर्सिदोरहेछ । केहि दिन अगाडिको कुरा हो मित्र राजिब र म अलि बढी नै गफपान गर्न लागिएछ क्यारे समयको ख्यालै नगरी माहोलमा हराइएछ । बढी नै टिनमा पानीको आवाज पर्न थालेपछि चाँही दुबैलाई घडीले झस्क्यायो । किनकि त्यो दिन त्यहाँ भएका मध्यका सबैभन्दा टाढा पुग्नुपर्ने हामीलाई नै थियो । सायद सबैजनाको घर पुग्नुपर्ने बाटोको मध्यिका निकालेर होला त्यो दिन हाम्रो झुण्डले गफिने साइत रामबजारको एउटा क्याफेमा जुराएको थियो । अरु साथीहरु कोहि घोडामा सबार थिए त कोहि त्यतै नजिकै बस्दथे । सधै चढेर हिड्ने घोडालाई पनि त्यो दिन खै के मा चित्त परेनछ धोका दियो । हामि जाँदा त माईक्रोमा गइयो तर आउने बेला चाँही साँच्चिकै समस्या पर्यो   पानी सिमसिम परेको थियो,हामी साथीहरुसँग बिदा मागेर हतार हतार बाहिर निस्कीयौं । सायद भित्रबाट आएको जोश सेलाई सकेको थिएन, राजिबले हिडेरै जाने प्रस्ताब पेश गर्यो । म पनि जोशिएँ र हिड्न थालियो । बुद्धचोक सम्म आउँदा नै खुट्टाहरुले नोट अफ डिसेन्ट लेखेर पेश गरिसके पनि स्वाभिमान गिर्ने डरले दुबैजनाले त्यो कुरा खोलिएन । तर, पृथ्वीचोकसम्म आइपुग्दा त पानीको चिसो र थकाई ज्यानले थाम्नै सकेन । उ पनि मर्किएको लौरी जसरी जसोतसो ज्यान चलाउदै थियो । आफ्नो जस्तै अनुमान गरेर मैले झ्याप मुख फोरी हाले हैन यार नसकिने पो भो त केहि उपाय निकालौ भो ।  उसलाई पनि सायद त्यहि नै चाहिएको थियो केवल भन्न मात्र सकेको थिएन । तुरुन्त सहमति जनाएर आइस्टाईनस्स शैलीमा केहि सोचेजस्तो गर्यौ , केहि बेरमा मामाको नाम निकाल्यो । मलाई पनि जायज नै लग्यो र मामालाई बोलाउने निस्कर्षमा दुवै पुगियो । केहि बेर अनु सपानका गजलहरु माथि ननसेन्स तर्क गर्दै मौसमलाई चुनौती दिएर घरको पेटिमै  विताइयो । मामा आइपुनु भयो । मामा त आउनुभयो तर बाइक एउटा जानु पर्ने तिन जना भइयो । मैले अलि जाने बुझेजस्तरी प्रहरी नबस्ने बाटोको नमुना बताए पनि मामा त्यसमा सहमत हुन मान्न भएन । सायद उहाँलाई आफ्नो लाइसेन्सको अलि बढी माया लग्यो होला नलागोस पनि कसरी कम त दुःखले निकाल्या पनि त होईन । ममाले दुइ ट्रीप गर्ने तर्क निकाल्नुभयो तर राजिबले पनि यसमा त्यति इन्ट्रेस्ट नदेखाए पछी मामा तिन जना जाने कुरामै राजी हुनुभयो तर यदि प्रहरीले समाती हाले लाइसेन्स चाँही मेरो दिने सहमति भयो ।
             हामि जाल्पा रोडको वाटो छिरेर सिद्धार्थचोक निस्कने बाटो हुँदै आयौं तर सिद्धार्थ चोकको मोडमा पुलिस चेकिंक रहेछ बच्ने कुरै भएन । प्रहरीले देखिहाले पनि उसको अपमान नहोस भनेर म पछाडीबाट फुत्त ओर्लिए  र अलि अगाडी गए जस्तो गरें । एकजना प्रहरी मामाले बाइक रोकेकै ठाउँमा पुगे । उनले अस्वभाविक रुपमा एक्काशी दुवै जनालाई नमस्कार गरे र परिचय मागे । यो देखेपछी मलाइ अलि बढी हौसला मिल्यो र म पनि नजिकै गएँ । प्रहरीले म तिर देखाउदै भने ओई त होइनस अघी यिनीहरुको पछाडिवाट झर्नेएक्कासी उस्ले सम्मान बदलेको देख्दा मलाई अचम्म लाग्यो । अनि झर्नु पर्छ त यस्तो पानी परेको बेलामा पनिउनको हाँसेले मेरो डर कम गरिदियो । वडिगार्ड शैलीमा  उनले लौरी घुमाउदै अर्को पुलिसलाई आदेश  दिए । ए जगत यिनीहरुको मा.प.शे. चेक गर त ! ” “कहाँ बाग्लुंग बसपार्क हिडेको हो?उसको ध्यान मामातिर लक्षित भयो । राजिब वाईकवाट ओर्लेर उसको साबिक शैली पत्रकार शैलीमै केही कुरा गर्न थाल्यो, वास्तविकतालाई केहि थपथाप गरेर वर्णन गर्यो । उनी फेरी म तिर आएर बोल्न थाले तँ चाँही हिडेर जाने हो अबम केहि बोलिन हाँसे मात्र । यती बोल्दा उसको मुखबाट आएको मदिराको गन्धले मेरो नाकका केहि ग्रंथिहरु फुटाएको मलाई अनुभब भैरहेको थियो । एकछिनको भेज नन्भेज प्रबचन पछाडी उनिहरुले हामीलाई बिदा गरे । मलाई चाँही औलाले देखाएर तँ उ त्यहाँ पुगेपछि मात्र छाड्नु नि भन्ने आदेश भयो । पछी मामा भन्दै हुनुहुन्थ्यो सिपाहीहरुले पनि धेरै नै पिएका थिए ।
          प्रहरीले  हामि सँग न लाइसेन्स माग्यो न बिल बुक माग्यो खालि केहि नन्भेज पर्वचन मात्र सुनायो र उसको रमिता देखायो । यो घटनाले मेरो मनमा चाही एउटा तरङ्ग उत्पन्न गराएर गयो हाम्रा त्यस पछाडिका थुप्रै कफी बहसको लागि विषयवस्तु  प्राप्त भयो । 
          प्रहरीले यस्तो गर्नुपर्छ यस्तो गर्नुहुदैन भनेर यो लेखक पाठकहरुको अपमान गर्न चाहदैन । हो हामीलाई थाहा छ गल्तीसबै बाट हुन्छ । सर्वसाधरण जनताबाट गल्ति भएर मा.प.से. गर्छन, चोरीको सबारी चलाउछनं र अयोग्य व्यक्तिले सबारी चलाउछन् भनेर नै पुलिस चेक गर्न राखिएको हो सायद । तर, तिनै चेक गर्न बसेका प्रहरीले गल्ति गर्छन की गर्दैनन् भनेर सडकमा जाँच्ने कुन व्यवस्था बनाइएको छ ? अरुको कमजोरी पत्ता लगाउन वसेको मान्छे आफु कमजोर छ की छैन भनेर मापन गर्ने कुनै मापक चाहिन्छ की चाहिदैन ? आजसम्म प्रहरीको मा.प.शे.चेक गरेको कतै समाचार सुनिएको छैन । तर, डियुटीमा रहेका प्रत्येक प्रहरी न्युनतम कुन अबस्थामा हुनुपर्ने त्यसको चाँही मापन हुने गरोस । हुन त प्रहरी नैतिक रूपमा नै त्यो कुरामा सचेत हुनुपर्छ भन्ने तर्क पनि उठ्लान । तर, यो कुन चाही नैतिकतामा चलेको देश हो र ? अरु सबै ठाउँमा गल्तिको लागि नैतिकताले छेक्नु पर्ने प्रहरीलाई मात्र के जरुरी होला र ? हुनु चाही पर्ने हो सवैलाई थाहा छ तर भैरहेको छैन त्यो पनिं सबैलाई थाहा छ ।
  यस विषयमा सम्बन्धित निकायले अरु केहि गर्न नसकेपनि कम्तिमा प्रहरीले हाम्रो परिक्षण गरे जसरी सुरक्षा निकायले पनि एउटा संयन्त्र बनाएर प्रहरीले मा.प.शे. गरे नगरेको  परिक्षण गर्न त सक्छ नि होइन र ? अहिले लाई यत्ति मात्र गर्न सक्यो भने पनि प्रहरीको गिरेको छबी धेरै हद सम्म माथि उठान सक्थ्यो भन्ने मेरो अनुमान हो ।

२०७० चैत २९ गतेको पोखरा हटलाइन राष्ट्रिय दैनिक बाट

Comments

Popular posts from this blog

सायन जस्तै छ 'भागेर भुगोलभरि'

<![endif]--> भूमिका     यो कुनै वाद उपबादको प्रयोग गरेर लेख्न लागेको किताबको समालोचना होइन । यो प्रध्यापकीय समालोचना पनि होइन । अझ बास्तबमै भन्ने हो भने त मलाई समालोचना गर्नै आउदैन । यो त सायन र उसको कविता संग्रह दुवैलाई भेटिसकेपछि उनीहरू बिचको समानता र केही भिन्नता प्रतिको मेरो व्यक्तिगत धारणा मात्र हो । मेरा पाठकहरूलाई त्यसरी नै बुझिदिन आग्रह गर्दछु । कहिले कहीं आकश्मिकताले ठाँउमै हिर्काउछ । गएको पालि एकपटक हिर्कायो । हिँडेको थिएँ चितवन , पुगियो कवास्वती । मलाई पहिला अलि अलि थाहा थियो , एउटा ढेब्रो चस्मा लगाउने कालो बर्णको कवि प्राणी , त्यतै कतै थारु भिलेजको नजिकै बस्छ । मैले उसका केही कविता र त्योभन्दा बढी किस्साहरूमा थारु भिलेजलाई केही महिना अगाडिबाट भेट्दै आएको थिएँ । यसपाली चाँहि कवि सायनले भन्दा बढी किस्से सायनले मलाई बढी तान्यो । (माफ गर्नुहोला , कविता लेख्नेलाई कवि भनेजस्तै किस्सा सुनाउनेलाई के भन्छन मलाई थाहा भएन , आफैले नाम राखिदिए किस्से ।) म सायनलाई भन्दा बढी थारु भिलेजलाई भेट्न गएको थिएँ तर अफसोच थारु भिलेज पुग्ने सपना अधुरै रह्यो । भिलेजम...

फूटपाथको सामान जस्तो नेपाली गजल

        छैटौं शताब्दिमा अरबमा जन्मेर लगभग त्यसको चौध शताब्दी पछि उर्दु,फारसी र हिन्दीको बाटो हुदै नेपाल भित्रिएको गजल विधा, नेपालमा आजको दिनमा सबैभन्दा लोकप्रिय विधा मानिन्छ तर नेपाली साहित्यमा यसलाई सम्मानजनक विधाकोरुपमा भने हेर्ने गरिदैन । सबैले हेर्ने, धेरैले किन्ने, चर्चा पनि हुने तर सधै गुणस्तरको प्रश्न उठ्ने फूटपाथको समान जस्तै गरिन्छ नेपाली गजललाई । यो लेखमा म गजलको इतिहास खोतल्नतिर लाग्दिन फेरि कुनै दिन इतिहासलाई केन्द्रबिन्दुमा राखेर यसमा घोत्लिउला । आज चाँहि बर्तमानलाई केन्द्रबिन्दुमा राखेर नेपाली गजलमा मैले अनुभव गरेका केही अनुभूतिहरू साट्नेछु ।            केही दशक पुरानो कुरा हो भारतमा एउटा मुसायरा भएको थियो। जसको सञ्चालन त्यहाँ उपस्थित भएका मध्ये सबैभन्दा जेष्ठ सायरले गरिराखेका थिए । त्यही भीडमा गजल लेख्दै गरेको दुब्लो गान्धी चस्मा लगाएको एउटा बशिर बद्र नाम गरेको ठिटो पनि थियो । लगभग दर्जन जति कविहरूले कविता/गजल/सायरी सुनाइसकेका थिए त्यसपछि त्यो पातलो ठिटोको पालो आयो उसले मञ्चमा गएर एउटा शेर सुनायो    “उजाले आप्नी ...

मृत्युको अह्वान (कविता)

प्रिय शासक ! म असरफ फयाद तिम्रो हारेको युगमा जितेको सिपाही जो तिम्रो हातबाट मृत्यु चाहन्छ । तिमी र मबीच अलिकति फरक छ । मैले खुदाको मुहार पसिनाको रंगजस्तै देख्छु तिमीले रगतको रंगजस्तै देख्छौ म आफ्नाको जीवनलाई धर्म भन्छु तिमी अर्काको मृत्युलाई धर्म मान्छौ म मृत्युको खबरले पनि निन्याउरो हुन जानिनँ तिमी अमृत पिएर पनि हाँस्न सकेनौ । अरु त सबै उस्तै हो म पनि अँध्यारो मन नपराउने मान्छे । कुरानमाथि हात राखेर यति मात्र भनेको हुँ – प्रेमको भाषा सजिलो हुन्छ अँध्यारोको रंग कालो हुन्छ उज्यालो सबैभन्दा ठूलो धर्म हो र सानो स्वरमा भनें – मलाई पिंजडाको जीवनभन्दा आकाशको मृत्यु मन पर्छ यहाँभन्दा बढी त मैले केही जानेको पनि छैन । धन्य ! तिमीले अन्तिम वाक्य भए पनि सुनेछौ । मेरो प्रिय शासक ! म तिम्रै हातबाट मृत्यु चाहन्छु । मेरो निन्याउरो अनुहार देखेर तिमीलाई रिस नउठ्ला भन्ने पिरले मैले रुन बिर्सिदिएको धेरै भयो बरु मलाई यत्ति पिर छ कि, म हाँसिदिए भने कतै तिमीले निशाना त चुकाउँदैनौ ? तिमीले कसरी मार्छौ, त्यो तिम्रै मर्जी । झुन्ड्यायौ भने मेरो घाँटी थिचिनेछ अनि एक–एक गरी खुल्नेछन् आजसम्म थिचिएका गालाहरु तरबारल...