By
suman lamsal
मेरो दिलमा तिम्रो आगमन बिस्तारै बिस्तारै।
बढ्दैछ मेरो मुटुको धड्कन बिस्तारै बिस्तारै।
नजरको जबाफ अधरले फर्काउछ्यौ,
उकालि चढ्दैछ तिम्रो यौबन बिस्तारै बिस्तारै।
मुना र मदनको के कुरा गरेँथेँ,
डरायझैँ गरी कस्यौ आलिङ्गन बिस्तारै बिस्तारै।
पुच्छ्दै निशानि लालि अधरको,
मेरै हातमा थमायौ जीवन बिस्तारै बिस्तारै।
तिमि र म अनि बाँकि प्रणय दिवस थियो,
जुन दिन काटियो प्रेमको रीबन बिस्तारै बिस्तारै।
नशा झैँ प्रेमको के प्याला पिलायौ,
सकेन थाम्न ढल्दैछ सुमन बिस्तारै बिस्तारै।.
- Get link
- X
- Other Apps
Labels
गजल
Labels:
गजल
- Get link
- X
- Other Apps
Comments
Post a Comment