Skip to main content

बिधामा नअटेको साहित्य


मेरो देश आजकाल 
फिक्का 
उदास 
मलिन 
र 
अध्यारो 
भएको छ 
प्रिय!!!
बिल्कुल तिम्रो मुस्कान बिनाको तस्बिर जस्तो.......




ए नदी !!
तेरो जात कुन हो??
तेरो धर्म कुन हो??
र तेरो नागरिकता कहाँ को छ?
नेपालको कि भरतको??? 
हाम्रो तिर त जात,धर्म र पहिचान नहुनेहरु,
बग्न त के हिंड्न पनि पाइदैन...
यदि थाहा छैन भने 
तँलाई जन्माउने 
तेरी आमा 
हिमालसँग सोध
कुन बादी हुन भनेर, 
कुन मूलकी हुन भनेर,
त्यो पनि जानिनस् भने 
तँ बग्न सक्दैनस् यो देशमा 
जा गएर बस 
गुमनाम गुमनाम र स्थिर बनेर 
फोक्सुण्डो जस्तै....



ए जिन्दगी!!!
नपिउ भने 
प्यास ले सगरमाथा छुन लगिसक्यो 
पिउ भने 
थाहा छ आँफैलाई समाल्न सक्दिन 
क्य छ यार 
तिम्रो आधरको प्याला पनि.... 
ए प्रदेशी 
तिमीले तिम्रो तस्बिरको पछाडि 
उतार्न खोजेको महल भन्दा 
ठुलो हिमाल बनेको छ 
तिम्री आमाको आँसु जमेर.......
आफ्नो बैशाखीले साथ छाडे पछी 
कुनै बेला 
आँफैले बैशाखी बनाउन अयोग्य ठानेको 
बाँस को पनि साथ मग्नुपर्‍यो 
तर 
जे भने पनि 
बाँस बाँसनै हुदोरहेछ बैशाखी नहुदोरहेछ.................... 
ए जिन्दगि!
भोलि हाम्रो तिर बाट सरांकोटले
एक हुल बतास पठाउदै छ अरे 
मैले पनि एक झोक्का याद मिसाइदिएको छु 
मागेर लिन नबिर्सनु है 
पछि म संग रिसाउन पाइदैन नि


तिम्रो माया पनि अन्जुलिमा राखेको पानी जस्तो छ......जतिनै औला कसेर जोगाउछु भने पनि थाहा हुदैन कुन चर बाट खसेर सकिन्छ..#तत्वबोध

Comments

Popular posts from this blog

सायन जस्तै छ 'भागेर भुगोलभरि'

<![endif]--> भूमिका     यो कुनै वाद उपबादको प्रयोग गरेर लेख्न लागेको किताबको समालोचना होइन । यो प्रध्यापकीय समालोचना पनि होइन । अझ बास्तबमै भन्ने हो भने त मलाई समालोचना गर्नै आउदैन । यो त सायन र उसको कविता संग्रह दुवैलाई भेटिसकेपछि उनीहरू बिचको समानता र केही भिन्नता प्रतिको मेरो व्यक्तिगत धारणा मात्र हो । मेरा पाठकहरूलाई त्यसरी नै बुझिदिन आग्रह गर्दछु । कहिले कहीं आकश्मिकताले ठाँउमै हिर्काउछ । गएको पालि एकपटक हिर्कायो । हिँडेको थिएँ चितवन , पुगियो कवास्वती । मलाई पहिला अलि अलि थाहा थियो , एउटा ढेब्रो चस्मा लगाउने कालो बर्णको कवि प्राणी , त्यतै कतै थारु भिलेजको नजिकै बस्छ । मैले उसका केही कविता र त्योभन्दा बढी किस्साहरूमा थारु भिलेजलाई केही महिना अगाडिबाट भेट्दै आएको थिएँ । यसपाली चाँहि कवि सायनले भन्दा बढी किस्से सायनले मलाई बढी तान्यो । (माफ गर्नुहोला , कविता लेख्नेलाई कवि भनेजस्तै किस्सा सुनाउनेलाई के भन्छन मलाई थाहा भएन , आफैले नाम राखिदिए किस्से ।) म सायनलाई भन्दा बढी थारु भिलेजलाई भेट्न गएको थिएँ तर अफसोच थारु भिलेज पुग्ने सपना अधुरै रह्यो । भिलेजम...

मृत्युको अह्वान (कविता)

प्रिय शासक ! म असरफ फयाद तिम्रो हारेको युगमा जितेको सिपाही जो तिम्रो हातबाट मृत्यु चाहन्छ । तिमी र मबीच अलिकति फरक छ । मैले खुदाको मुहार पसिनाको रंगजस्तै देख्छु तिमीले रगतको रंगजस्तै देख्छौ म आफ्नाको जीवनलाई धर्म भन्छु तिमी अर्काको मृत्युलाई धर्म मान्छौ म मृत्युको खबरले पनि निन्याउरो हुन जानिनँ तिमी अमृत पिएर पनि हाँस्न सकेनौ । अरु त सबै उस्तै हो म पनि अँध्यारो मन नपराउने मान्छे । कुरानमाथि हात राखेर यति मात्र भनेको हुँ – प्रेमको भाषा सजिलो हुन्छ अँध्यारोको रंग कालो हुन्छ उज्यालो सबैभन्दा ठूलो धर्म हो र सानो स्वरमा भनें – मलाई पिंजडाको जीवनभन्दा आकाशको मृत्यु मन पर्छ यहाँभन्दा बढी त मैले केही जानेको पनि छैन । धन्य ! तिमीले अन्तिम वाक्य भए पनि सुनेछौ । मेरो प्रिय शासक ! म तिम्रै हातबाट मृत्यु चाहन्छु । मेरो निन्याउरो अनुहार देखेर तिमीलाई रिस नउठ्ला भन्ने पिरले मैले रुन बिर्सिदिएको धेरै भयो बरु मलाई यत्ति पिर छ कि, म हाँसिदिए भने कतै तिमीले निशाना त चुकाउँदैनौ ? तिमीले कसरी मार्छौ, त्यो तिम्रै मर्जी । झुन्ड्यायौ भने मेरो घाँटी थिचिनेछ अनि एक–एक गरी खुल्नेछन् आजसम्म थिचिएका गालाहरु तरबारल...

फूटपाथको सामान जस्तो नेपाली गजल

        छैटौं शताब्दिमा अरबमा जन्मेर लगभग त्यसको चौध शताब्दी पछि उर्दु,फारसी र हिन्दीको बाटो हुदै नेपाल भित्रिएको गजल विधा, नेपालमा आजको दिनमा सबैभन्दा लोकप्रिय विधा मानिन्छ तर नेपाली साहित्यमा यसलाई सम्मानजनक विधाकोरुपमा भने हेर्ने गरिदैन । सबैले हेर्ने, धेरैले किन्ने, चर्चा पनि हुने तर सधै गुणस्तरको प्रश्न उठ्ने फूटपाथको समान जस्तै गरिन्छ नेपाली गजललाई । यो लेखमा म गजलको इतिहास खोतल्नतिर लाग्दिन फेरि कुनै दिन इतिहासलाई केन्द्रबिन्दुमा राखेर यसमा घोत्लिउला । आज चाँहि बर्तमानलाई केन्द्रबिन्दुमा राखेर नेपाली गजलमा मैले अनुभव गरेका केही अनुभूतिहरू साट्नेछु ।            केही दशक पुरानो कुरा हो भारतमा एउटा मुसायरा भएको थियो। जसको सञ्चालन त्यहाँ उपस्थित भएका मध्ये सबैभन्दा जेष्ठ सायरले गरिराखेका थिए । त्यही भीडमा गजल लेख्दै गरेको दुब्लो गान्धी चस्मा लगाएको एउटा बशिर बद्र नाम गरेको ठिटो पनि थियो । लगभग दर्जन जति कविहरूले कविता/गजल/सायरी सुनाइसकेका थिए त्यसपछि त्यो पातलो ठिटोको पालो आयो उसले मञ्चमा गएर एउटा शेर सुनायो    “उजाले आप्नी ...