गजल १
केही खुशी केही जिवनी हराएको थियो ।।
जुन दिन बचपन यौवन बनी हराएको थियो ।।
खै कस्लाई भेट्टाउछु भनेर निस्केको रहेछ,
जहाँ अली पै'ला आँफै पनि हराएको थियो ।।
भेट्नेले आज सम्म फिर्ता दिएको छैन,
मेरो दिल मैलाई नभनी हराएको थियो ।।
यो शहरमा मेरो के के सम्म हराएन ??
ऐना बाट अनुहार नि हराएको थियो ।।
गजल २
केही खुशी केही जिवनी हराएको थियो ।।
जुन दिन बचपन यौवन बनी हराएको थियो ।।
खै कस्लाई भेट्टाउछु भनेर निस्केको रहेछ,
जहाँ अली पै'ला आँफै पनि हराएको थियो ।।
भेट्नेले आज सम्म फिर्ता दिएको छैन,
मेरो दिल मैलाई नभनी हराएको थियो ।।
यो शहरमा मेरो के के सम्म हराएन ??
ऐना बाट अनुहार नि हराएको थियो ।।
गजल २
आफ्नै जहानको जवानी बन्धकी राखेर ।।
र आएको छु आँखानी बन्धकी राखेर ।।
रिन तिर्दा'नी तम्सुक पाइन जलाई दिएँ घर,
के गर्छस साहु ?? खरानी बन्धकी राखेर ।।
त्यती धेरै खुशी किन खोज्छ पुतलीले ??
बत्ती सामु जिन्दगानी बन्धकी राखेर ।।
विचरीको पर्खाइ खै कतीन्जेल रहला??
काखमा राख्ने सिरानी बन्धकी राखेर ।।
यहाँका क्याम्पस भन्ने कारखानाहरुमा ,
देश पढाइन्छ राहादानी बन्धकी राखेर ।।

Comments
Post a Comment