Skip to main content

कविता(मैले भगवान मांरे)

मैले भगवान मारें!

हो, 
म हत्यारा हुँ, 
महोदय, 
मलाई गिरफ्तार गर्नुहोस्,
मैले भर्खरै ईश्वरको हत्या गरेकोछु। 

त्यसले मलाई के गरेन? 
म सँग सँगै मेरा सपनाहरुलाई जन्मायो,
तर कहिल्यै सास फेर्न दिएन,
मैले कहिल्यै आफु नाबालक भएको अनुभब गर्न पाइन,
म जन्मेकै दिन मेरो निधारबाट
नाबालकको छाप मेटाइदियो, 
मैले एक बर्ष पुगिसक्दा पनि मेरो आमाको नअघाएको
पेटबाट झरेको दुध भन्दा अरु केही पनि पाइन,
आखिर त्यो पनि सधैं कहाँ दिन्थ्यो र रोकिदियो,
अनी सुरु गर्‍यो मेरा सपना हरुसँगको दुस्मनी,
महोदय,
यसले मेरा धेरै सपनाहरुको भ्रुण हत्या गरेको छ,
जसरी यो देशका नेताले गरेका छन जनाताका 
सपनाहरुको,
हिजो त्यसले मेरा सपना मर्यो,
आज मैले तेस्लाई मारें,

हो, 
म हत्यारा हुँ, 
महोदय,
मलाई गिरफ्तार गर्नुहोस्,
मैले भर्खरै ईश्वरको हत्या गरेको छु। 

यसकै आँगनमा लडेर मेरा बाले एक मुठ्ठी प्राणको 
भिख मागेका थिए,
मेरी आमाले एक चिम्टी सिन्दुर मगेकी थिइन,
यसले मेरा बाको घाँटी निमोठिदियो,
मेरी आमाको सिन्दुर खोसिदियो,
मलाई टुहुरो बनायो,
मेरा आशाहरु खोसिदियो,
मेरा जीवनका रङग्हरुलाई फिक्का बनायो, 
जसरी फिक्का बनाईदिए भानुले घाँसिको परिचय,
महोदय,
यसलाई मेरो आँसुको श्राप लग्नेछ,
यो मरेपछी पनि नर्कमा जनेछ, 

हो, 
म हत्यारा हुँ, 
महोदय,
मलाई गिरफ्तार गर्नुहोस्,
मैले भर्खरै ईश्वरको हत्या गरेको छु। 

महोदय,
मैले त्यसलाई के गरेको थीइन?
आफ्नो पेट भोको राखेर 
सयौँ पटक लड्डु चडाएको थिएँ,
मेरो आङ नङ्गो राखेर
कयौँ पटक त्यसलाई धोजा पतका बनाएको थिएँ,
मेरी आमाले चामल किन्न राखेको
रुपैयाँ चोरेर त्यसलाई चाढाएको थिएँ,
त्यसको अगाडि नङ्गो आङ हात जोडेर 
धेरै जाडो कटएको थिएँ,
तर 
त्यसले मेरा आसा र भरोसाहरु जलाईदिएको छ,
जसरी यो देशमा जलाईएको छ 
नारिहरुको ज्युदो अस्मिता,

हो, 
म हत्यारा हुँ, 
महोदय,
मलाई गिरफ्तार गर्नुहोस्,
मैले भर्खरै ईश्वरको हत्या गरेको छु। 


महोदय,
भात्काउन लगाउनुहोस् तपाईंका सिपाहीहरुलाई 
बस्तिका मन्दिरहरु,
टुटाउन भनिदिनुहोस् मस्जित अनी गुम्बाहरु,
बन्द गर्न लगाउनुहोस् अगर्बत्ती कम्पनिहरु,
रोकिन भन्नुहोस् पहेँल कपडा बुन्ने चर्खाहरुलाई, 
मैले भर्खरै ईश्वरको हत्या गरेर आएको छु, 
मलाई आफुले गरेको अपराध प्रती कुनै हिनतबोध छैन, 
किनकी अब मेरो जस्तै कसैको सपनाको हत्या हुने छैन, 
ईश्वरको नाममा कसैले पनि आँसु बगाउनु पर्ने छैन,
सबैले आफ्नो आफ्नो कर्ममा विश्वाश राख्नेछैन, 
कसैले कसैको भरोसा गरेर धोका खानु पर्नेछैन,
जसरी यो देशका जनतारुले नेताहरुबाट खाइरहेकाछन,
मेरो यो २ पाउको सानो दिमागले यही सोच्यो 
र 
हातले तरबार समायो,
यो सब साँचो हो महोदय,
हो, 
म हत्यारा हुँ, 
मलाई गिरफ्तार गर्नुहोस्,
मैले भर्खरै ईश्वरको हत्या गरेको छु। 

Comments

Popular posts from this blog

सायन जस्तै छ 'भागेर भुगोलभरि'

<![endif]--> भूमिका     यो कुनै वाद उपबादको प्रयोग गरेर लेख्न लागेको किताबको समालोचना होइन । यो प्रध्यापकीय समालोचना पनि होइन । अझ बास्तबमै भन्ने हो भने त मलाई समालोचना गर्नै आउदैन । यो त सायन र उसको कविता संग्रह दुवैलाई भेटिसकेपछि उनीहरू बिचको समानता र केही भिन्नता प्रतिको मेरो व्यक्तिगत धारणा मात्र हो । मेरा पाठकहरूलाई त्यसरी नै बुझिदिन आग्रह गर्दछु । कहिले कहीं आकश्मिकताले ठाँउमै हिर्काउछ । गएको पालि एकपटक हिर्कायो । हिँडेको थिएँ चितवन , पुगियो कवास्वती । मलाई पहिला अलि अलि थाहा थियो , एउटा ढेब्रो चस्मा लगाउने कालो बर्णको कवि प्राणी , त्यतै कतै थारु भिलेजको नजिकै बस्छ । मैले उसका केही कविता र त्योभन्दा बढी किस्साहरूमा थारु भिलेजलाई केही महिना अगाडिबाट भेट्दै आएको थिएँ । यसपाली चाँहि कवि सायनले भन्दा बढी किस्से सायनले मलाई बढी तान्यो । (माफ गर्नुहोला , कविता लेख्नेलाई कवि भनेजस्तै किस्सा सुनाउनेलाई के भन्छन मलाई थाहा भएन , आफैले नाम राखिदिए किस्से ।) म सायनलाई भन्दा बढी थारु भिलेजलाई भेट्न गएको थिएँ तर अफसोच थारु भिलेज पुग्ने सपना अधुरै रह्यो । भिलेजम...

मृत्युको अह्वान (कविता)

प्रिय शासक ! म असरफ फयाद तिम्रो हारेको युगमा जितेको सिपाही जो तिम्रो हातबाट मृत्यु चाहन्छ । तिमी र मबीच अलिकति फरक छ । मैले खुदाको मुहार पसिनाको रंगजस्तै देख्छु तिमीले रगतको रंगजस्तै देख्छौ म आफ्नाको जीवनलाई धर्म भन्छु तिमी अर्काको मृत्युलाई धर्म मान्छौ म मृत्युको खबरले पनि निन्याउरो हुन जानिनँ तिमी अमृत पिएर पनि हाँस्न सकेनौ । अरु त सबै उस्तै हो म पनि अँध्यारो मन नपराउने मान्छे । कुरानमाथि हात राखेर यति मात्र भनेको हुँ – प्रेमको भाषा सजिलो हुन्छ अँध्यारोको रंग कालो हुन्छ उज्यालो सबैभन्दा ठूलो धर्म हो र सानो स्वरमा भनें – मलाई पिंजडाको जीवनभन्दा आकाशको मृत्यु मन पर्छ यहाँभन्दा बढी त मैले केही जानेको पनि छैन । धन्य ! तिमीले अन्तिम वाक्य भए पनि सुनेछौ । मेरो प्रिय शासक ! म तिम्रै हातबाट मृत्यु चाहन्छु । मेरो निन्याउरो अनुहार देखेर तिमीलाई रिस नउठ्ला भन्ने पिरले मैले रुन बिर्सिदिएको धेरै भयो बरु मलाई यत्ति पिर छ कि, म हाँसिदिए भने कतै तिमीले निशाना त चुकाउँदैनौ ? तिमीले कसरी मार्छौ, त्यो तिम्रै मर्जी । झुन्ड्यायौ भने मेरो घाँटी थिचिनेछ अनि एक–एक गरी खुल्नेछन् आजसम्म थिचिएका गालाहरु तरबारल...

फूटपाथको सामान जस्तो नेपाली गजल

        छैटौं शताब्दिमा अरबमा जन्मेर लगभग त्यसको चौध शताब्दी पछि उर्दु,फारसी र हिन्दीको बाटो हुदै नेपाल भित्रिएको गजल विधा, नेपालमा आजको दिनमा सबैभन्दा लोकप्रिय विधा मानिन्छ तर नेपाली साहित्यमा यसलाई सम्मानजनक विधाकोरुपमा भने हेर्ने गरिदैन । सबैले हेर्ने, धेरैले किन्ने, चर्चा पनि हुने तर सधै गुणस्तरको प्रश्न उठ्ने फूटपाथको समान जस्तै गरिन्छ नेपाली गजललाई । यो लेखमा म गजलको इतिहास खोतल्नतिर लाग्दिन फेरि कुनै दिन इतिहासलाई केन्द्रबिन्दुमा राखेर यसमा घोत्लिउला । आज चाँहि बर्तमानलाई केन्द्रबिन्दुमा राखेर नेपाली गजलमा मैले अनुभव गरेका केही अनुभूतिहरू साट्नेछु ।            केही दशक पुरानो कुरा हो भारतमा एउटा मुसायरा भएको थियो। जसको सञ्चालन त्यहाँ उपस्थित भएका मध्ये सबैभन्दा जेष्ठ सायरले गरिराखेका थिए । त्यही भीडमा गजल लेख्दै गरेको दुब्लो गान्धी चस्मा लगाएको एउटा बशिर बद्र नाम गरेको ठिटो पनि थियो । लगभग दर्जन जति कविहरूले कविता/गजल/सायरी सुनाइसकेका थिए त्यसपछि त्यो पातलो ठिटोको पालो आयो उसले मञ्चमा गएर एउटा शेर सुनायो    “उजाले आप्नी ...