Skip to main content

२०६९ माघको कुरा




आन्दोलन गर्नेहरुलाई पत्र 


कुरा डेकेन्द्र हत्या प्रकरणको: हो कुनै पनि गम्भिर मानवअधिकार बिरोधी मुद्धाको अभियोग लागेका सम्पूर्ण ब्यक्तिको छानबिन हुनुपर्छ
र कारबाही हुनुपर्छ तर बिदेशी डलरको भागबण्डा गरेर आफ्नो स्वार्थ परिपूर्तिको लागी  कसैले पनि हाम्रो देशका यस्ता सम्बेदनशील
मुद्धामा हात हाल्छ भने हामीलाई त्यो सैय हुनुहुदैन। मेरो गाँउ नजिकैको गाँउका एकजना दाई(राम सिग्देल)लाई दोन्द्धकालको 
बेलामा माअोबादीले अपहरण गरेको थियो पछी काटेर शरीरमा नुन हालेर छाडे अरे भन्ने खबर सुनियो त्यसको केही दिनपछी उहांको 
छेतबिछेत लास जंगलमा फेलापर्‍यो। एकजना बोल्न नसक्ने ब्यक्तिलाई माओवादीको बिल्ला भिराइदिएर तत्कालिन शाही नेपाली सेनाबाट 
गोली हानी निर्मम्तापुर्बक हत्या गरेको मेरै आँखाले देखेको थियो। ठिक छ डेकेन्द्र थापाको मुद्धा त कसैले उठाइदियो र कारबाहीको माग 
भयो तर सपूर्ण यस प्रकारका मुद्धाहरु यही तरिकाबाट उठाउन सकियाला? यसरी त देशको माथिल्ला निकायमा प्रभाव पार्न सक्ने खालका 
केही ब्यक्तिले चाँही न्याय पाउछन होला तर अझैपनी एकछककै लागि धौधौ भएर बाँचेका मेरो गाँउका राम दाइका परिवार जस्तै देशका 
लाखौं पीडितहरु चाँही सँधैभरी आफन्तको शोकमा खसेको दुइथोपा आँसु निलेरै जिवन गुजार्न वाध्य हुनेछन। 
यसको लागि पहिला सत्य निरुपण,मेलमिलाप तथा छानबिन आयोग गठन हुन अत्यन्तै जरुरी छ र सम्पूर्ण मुद्धाको छानबिन आयोगमार्फत हुनुपर्दछ। 
दोषी चाहे प्रचण्ड बाबुराम हुन चाहे पूर्वराजा ज्ञनेन्द्र हुन आयोग मार्फत सम्पूर्ण दोषिलाई कारबाही गरिनुपर्छ। पीडित परिवारको आँसुलाई 
कसैलेपनि राजनैतीक स्वार्थको रुपमा प्रयोग गर्न खोज्छ भने हामी सम्पूर्ण नेपाली जनता चुप लागेर बस्नुहुदैन। आन्दोलनरत साथीहरुलाई
म के आग्रह गर्दछु भने तपाईंहरुको आन्दोलन यदी सांच्चिकै नेपाली जनताको पक्षमा हो भने सरकार ढलाउन होइन आयोग गठन गरेर 
सम्पूर्ण दोषिहरुलाई कानुनको कठघरामा उभ्याउन माग गर्नुहोस्।              
   




आन्दोलन कि निर्वाचन?


“म देशको प्रधानमन्त्री होइन, देशको प्रधानमन्त्री म हुँ किनकी पहिला देश भएर नै म भएको हुँ”। दशको दशकमा तत्कालिन प्रधानमन्त्री वि पी कोइरालाले भनेको यो भनाई राष्ट्रियताको चिन्ता गर्ने धेरै नेपालीहरुले यतिबेला  सम्झिएको हुनुपर्छ तर नेतृत्व पंक्तिमा रहेका अरु सिद्दान्त बोकेका नेताहरुको त कुरै छाडौं आफुलाई वि पि कै सिद्दान्त बोकेर हिंडेको सम्झनेहरुले पनि त्यो कुरालाई सत्तामोहको टोकारीमा मिल्काइ दिएका छन। देशका राजनैतीक दलहरु यतिवेला एकथरी सरकार कसरी चलाउने भन्ने ध्याउन्नमा छन भने अर्काथरी कहाँ बाट के कुरा झिकेर सरकार ढलाउन सकिन्छ भन्ने ध्यानमा केन्द्रित छन् तर देशको अवस्था अपरेशनको लागि छाती चिरेर अलपत्र छाडिएको बिरामीको जस्तो छ। डाक्टर भनाउँदा नेताहरु एक आपसमा जुदिरहँदा बिरामी देश मृत्युको संघारमा पुग्न लागेको छ। देशको सबैभन्दा संम्वेदंशिल निकाय न्यायपालिका लगभग रित्तिने क्रममा छ । अपराधिहरु संक्रमणकालको फाईदा उठाएर अपराध गर्नमा तल्लिन छन् ,दण्डहिनता बढिरहेको छ । देश बिकासका योजना आउने र ल्याउने त कुरै छाडदिउ चरम उत्र्कषमा पुगेको महङ्गिले मध्यमस्तरका परिवारलाइ पनि गरीबीको रेखामुनी धकेलिरहेको छ । देश भित्रकै सरकारी निकाय कम्जोर भएको बेलामा समुन्द्र परिबाट गिद्दे दृष्टि लगाएर बसेका डलरे गिद्दहरु यतिबेला नेपाली आकाशमा यदाकदा देखिन थालेका छन। छिमेकमै बसेर हिजोदेखीनै यो भुमिमा तान्डब नाच देखाइरहेकाहरु त झन यो बेलामा रोकिने कुरै भएन।
      देश यस्तो बिषम परिस्थितीमा परेकोबेला एक थरी बिपक्षी राजनैतीक दलहरु झोलामा आन्दोलनको गुलेली हलेर मट्याङ्ग्रा खोज्न निस्केका छन भने अर्का थरी कुर्सिमुनी बसेर शिर जोगाउन तम्तयार देखिन्छन्। देशमा सरकार परिर्वतन हुन जरुरी छ भन्नेहरु भन्छन “प्रधानमन्त्रिले रजिनामा दिएपछी देशले निकाश पाउछ” तर यो कुरा भन्दै गर्दा विगतमा माधव कुमार नेपालले रजिनामा दिंदाको अवस्था भुल्नु हुँदैन। कति दिनमा सहमती हुन्छ भनिएको थियो र कती दिन लम्बिएको थियो। त्यो बेला त कमसेकम संबिधानसभा थियो जनताले चुनेका सांसद थिए अझ अहिले त त्यो अवस्था पनि छैन। यदि तेस्तै राजनैतीक संकट दोहोरियो भने देश झन बिकराल अवस्थामा पुग्न सक्ने निश्चित छ । त्यसैले प्रधानमन्त्रिले रजिनामा दिदैमा ठुलै कायापलट  हुन्छ र सहमति सहित सबै दलहरु अगाडि बढ्छन भनेर विश्वास गर्ने दरिलो आधार पनि स्वंम  दलहरुले नै भत्काइसकेका छन् । सरकार ढाल्न आन्दोलन गर्छाै भनेर कम्मर कसेका दलहरुले के बुझ्न जरुरी छ भने कहिल्यै पनि राजनैतीक कार्यकर्ताहरुले गरेको आन्दोलनले देशलाई निकास दिन सक्दैन न त त्यो आन्दोलन सफल नै हुन्छ । आन्दोलन सफल पार्नको लागि त जनताहरुनै आन्दोलनमा आउनुपर्छ । यती बेला राजनैतीक दलहरुबाट बिश्वास घातको प्रहार खेपेर शिथिल भएका जनताहरु फेरी यिनै राजनैतीक दलहरुको सहयोगको लागि सडकमा आउलान त ? अहिले देशमा भयङ्करै राम्रो र साथ दिनैपर्ने खालका कुनै पार्टिहरु पनि त देखिएका छैन्न । दलहरुले पर्दा लगाएर सत्तालिप्साको नाटक देखाईरहेको रङ्गमंचको पर्दा यतिबेला च्यतिएको छ र नाटक सम्र्पूण जनताले देख्नेगरी सडकमा आएको छ। यस्तो अवस्थामा आन्दोलनबाट निकास खोज्नु पनि त्यति उपयुक्त मानिदैन होला । अनी हाम्रा नेताहरुले अर्काे के कुरा बुझ्न जरुरी छ भने नेपाली जनता कुनै भरुवा बन्दुक होइन्न जस्ले जुन बेला चाह्यो उही बेला पड्काउन सक्न े। नेपाली जनता टयम बम हुन जुन समय  र परिस्थिती अनुसार बिस्पोट  हुन्छ जुन बिस्पोटन ०७,४६ र ६२÷६३मा देखिइसकेको छ । अब जनताले आन्दोलन गर्ने नै हो भने सम्र्पूण जनता राजनैतीक दलहरु बिरुद्द खनिन सक्छन, यस्तो परिस्थितीको र्सिजना गर्न केही हिजोका महेन्द्रहरु दुर्बिन लगाएर हेरिरहेका छन । भोली त्यो परिस्थिती आयो भने के हुन्छ दलहरुले त्यता तिर पनि सोच्न जरुरी छ ।
           आन्दोलनले देशलाई गती प्रदान गर्न नसकेको अवस्थामा अर्काे उत्तम उपाय भनेको निर्वाचन नै हा े। जानकारहरु भन्छन “जनताले बोल्ने केबल दुइओटा बाटोहरु हुन्छन एउटा आन्दोलन र अर्काे निर्वाचन ।” यतीबेलाको राजनैतीक संकट निराकरण्को लागि तुलनात्मक रुपमा उत्तम उपाय भनेकै निर्वाचन हा े। पहिला निकास दिन नसकेको निर्वाचनले अब फेरी कसरी निकास दिन सक्छ? भन्ने खालको प्रश्न उब्जिन सक्छ तर अन्तरिम संविधानलाई संसोधन गरेर विगतलाई आत्मसाथ गर्दै निर्वाचनमा जाने हो भने त्यो परिस्थितीको र्सिजना नहोला । त्यसैले बर्तमान सरकार ढलाउने भन्दापनि यही सरकारबाट नै निस्चित समयमा र्निवाचन गराउने र्शतमा सबै राजनैतीक दलहरुले साथ दिनु नै देशको बर्तमान गतिरोधको सर्बाेत्कृष्ठ समाधान मान्न सकिन्छ । अन्त्यमाः राजनैतीक दलहरुले यो अवस्थामा अर्को पनि के कुरा बुझ्न जरुरी छ भने देशको गतिरोध अन्त्यका लागि एक दुइवटा कुरा त्यगदिदैमा देश र  स्वंयमा दललाई पनि कुनै नोक्सानी हुँदैन बरु यो बेला को त्याग र बलिदान ईतिहासका पनाहरुमा सुनौला अक्ष्ररहरुले लेखिनेछन जुन नेपाली ईतिहासमा अमिट छाप बनेर बस्नेछ ।                                    

Comments

Popular posts from this blog

सायन जस्तै छ 'भागेर भुगोलभरि'

<![endif]--> भूमिका     यो कुनै वाद उपबादको प्रयोग गरेर लेख्न लागेको किताबको समालोचना होइन । यो प्रध्यापकीय समालोचना पनि होइन । अझ बास्तबमै भन्ने हो भने त मलाई समालोचना गर्नै आउदैन । यो त सायन र उसको कविता संग्रह दुवैलाई भेटिसकेपछि उनीहरू बिचको समानता र केही भिन्नता प्रतिको मेरो व्यक्तिगत धारणा मात्र हो । मेरा पाठकहरूलाई त्यसरी नै बुझिदिन आग्रह गर्दछु । कहिले कहीं आकश्मिकताले ठाँउमै हिर्काउछ । गएको पालि एकपटक हिर्कायो । हिँडेको थिएँ चितवन , पुगियो कवास्वती । मलाई पहिला अलि अलि थाहा थियो , एउटा ढेब्रो चस्मा लगाउने कालो बर्णको कवि प्राणी , त्यतै कतै थारु भिलेजको नजिकै बस्छ । मैले उसका केही कविता र त्योभन्दा बढी किस्साहरूमा थारु भिलेजलाई केही महिना अगाडिबाट भेट्दै आएको थिएँ । यसपाली चाँहि कवि सायनले भन्दा बढी किस्से सायनले मलाई बढी तान्यो । (माफ गर्नुहोला , कविता लेख्नेलाई कवि भनेजस्तै किस्सा सुनाउनेलाई के भन्छन मलाई थाहा भएन , आफैले नाम राखिदिए किस्से ।) म सायनलाई भन्दा बढी थारु भिलेजलाई भेट्न गएको थिएँ तर अफसोच थारु भिलेज पुग्ने सपना अधुरै रह्यो । भिलेजम...

मृत्युको अह्वान (कविता)

प्रिय शासक ! म असरफ फयाद तिम्रो हारेको युगमा जितेको सिपाही जो तिम्रो हातबाट मृत्यु चाहन्छ । तिमी र मबीच अलिकति फरक छ । मैले खुदाको मुहार पसिनाको रंगजस्तै देख्छु तिमीले रगतको रंगजस्तै देख्छौ म आफ्नाको जीवनलाई धर्म भन्छु तिमी अर्काको मृत्युलाई धर्म मान्छौ म मृत्युको खबरले पनि निन्याउरो हुन जानिनँ तिमी अमृत पिएर पनि हाँस्न सकेनौ । अरु त सबै उस्तै हो म पनि अँध्यारो मन नपराउने मान्छे । कुरानमाथि हात राखेर यति मात्र भनेको हुँ – प्रेमको भाषा सजिलो हुन्छ अँध्यारोको रंग कालो हुन्छ उज्यालो सबैभन्दा ठूलो धर्म हो र सानो स्वरमा भनें – मलाई पिंजडाको जीवनभन्दा आकाशको मृत्यु मन पर्छ यहाँभन्दा बढी त मैले केही जानेको पनि छैन । धन्य ! तिमीले अन्तिम वाक्य भए पनि सुनेछौ । मेरो प्रिय शासक ! म तिम्रै हातबाट मृत्यु चाहन्छु । मेरो निन्याउरो अनुहार देखेर तिमीलाई रिस नउठ्ला भन्ने पिरले मैले रुन बिर्सिदिएको धेरै भयो बरु मलाई यत्ति पिर छ कि, म हाँसिदिए भने कतै तिमीले निशाना त चुकाउँदैनौ ? तिमीले कसरी मार्छौ, त्यो तिम्रै मर्जी । झुन्ड्यायौ भने मेरो घाँटी थिचिनेछ अनि एक–एक गरी खुल्नेछन् आजसम्म थिचिएका गालाहरु तरबारल...

राष्ट्रियता भन्नु पनि त पैसै रहेछ साहेब !

बेला बेला दिमागमा कन्सुत्लो पस्छ । अनेक चिज सोचिदिन्छ । कति त भन्नै डर लाग्ने हुन्छन् । यसपाली पनि एउटा खतरनाक चिज सोचिदियो, यो देश नभए के हुन्छ ? झट्ट मुटु फुलेर जवाफ दियो । देश भनेको तेरो पहिचान हो । देश नचाहिने मान्छे त जंगलमा जानु । हत्तपत्त सम्झें मलाई यहि देश चाहि किन चाहिन्छ ? यदि म अर्को देशमा गएँ भने मेरो राष्ट्रियता म संगै जान्छ कि यतै छुट्छ ? के हो राष्ट्रियता ? के के कुराले बनाउछ राष्ट्रियताको दायरा ? यो देशको जीवजन्तुको हुन्छ कि हुदैन राष्ट्रियता ? कस्तो हुन्छ यसको मुख ? भयो अब प्रश्न मात्र नगरौं अब यसकै वरिपरी घुमेर केहि बातचित गरौँ ।   मैले अघिल्लो साल आफ्नै ब्यबसायिक कामको लागि सिमाना नजिक लगभग २ महिना बस्ने अवसर प्राप्त गरेको थिएँ । त्यहाँका धेरै मानिस यस्ता छन् जसले म बसेको भुमि नेपाल हो भनेकै कारण हरेक दिन पिडा खेपेका छन । कहिले भारतीय भुशतिघ्रे एस.एस.पी को ज्यादति त कहिले चोर गुण्डाको ज्यादति । आज आफ्नो देशमा आफ्नो भएको जग्गा भोलि उठ्दा सिमाना सरेर अर्कै देशमा अर्काको हुने डर । अझ अर्कैले हडप्दा पनि केहि गर्न नसक्नु, डर भन्दा ठुलो पिडा हुदो रहेछ । यो देशको...