Skip to main content

रशोमोन भर्शेस सत्य



                                    
      रशोमोन जापानी लेखक रियुनोसुके अकुतागावाले लेखेको जापानी कथा हो । यहि कथामा आधारित भएर जापानमा चलचित्र पनि बनेको छ । जसले जापानी चलचित्रलाइ अन्तरास्ट्रियकरण गरेको थियो । फे र माइकल क्यानिनले कथालाई नाटकमा रुपान्तरण गरेका छन् । क्यानिनले रुपान्तरण गरेको उक्त नाटकलाई सुनिल पोख्रेलले नेपाली जिबनशैली र ऐतिहाशिक पृष्टभुमीसंग फ्युजन गराएर नेपालीमा अनुवाद गरेका छन् । उक्त नाटक मण्डला थिएटरले चैत २८ गते देखि सोमबार बाहेक प्रत्यक दिन मन्चन गरिराखेको छ । संयोगले यो नाटक हेर्ने मौका मलाइ पनि मिलेको थियो । यो नाटक हेर्न जाने बेलामा पहिलो पटक हाउसफूल भएर म फर्किएको छु । नाटक देखाइन थालेको लगभग २५ दिन पछाडी जाँदा पनि हाउसफुल भएर फर्कनु परेको यो मेरो पहिलो अनुभव हो । अर्को दिन चाही झन्डै ३ घण्टा अगाडी नै पुगेर टिकेट बुक गराइयो र नाटक हेरियो ।
           रशोमोनको शाब्दिक अर्थ खोज्ने हो भने जापानको एउटा शरहरमा रहेको गेट को नाम रहेछ तर यस कथा पछाडी रशोमोन भन्ने बित्तिकै सत्य प्रतिको भ्रम भन्ने बुझने गरिन्छ ।
   नाटकमा :
      यात्राका क्रममा, एकजना नुवाकोटका बडाहाकिमलाइ जब्बरे भन्ने डाकुले सम्पतिको प्रलोभन देखाएर रुखमा बाँधीदिन्छ र उसकै अगाडी श्रीमतीको बलात्कार गर्छ । श्रीमतीको बलात्कार पछाडी उक्त बडाहाकिमको हत्या हुन्छ । अदालतले जब्बरे,श्रीमती र झाक्रीको रुपमा बडाहाकिम तिनै जनाको बयान लिन्छ । जब्बरे भन्छ दुइ जनाको युद्दको क्रममा मैले मारेको हुँ । श्रीमती भन्छे उसले म माथि शंका गरेकाले मैले मरेकी हुँ । बडाहाकिम स्वयमंनै  भन्छ मलाइ कसैले मरेको होइन म आफैँ आत्महत्या गरेको हुँ । उक्त घटनालाई देखेको एउटा दाउरे भन्छ उ एउटा दुर्घटना भएर मरेको हो । यसरि एउटा घटना प्रति चार जनाको फरक फरक बयान देखाइएको छ । कस्को कुरा सत्य र कस्को कुरा झुटो भनेर छुट्याउन गारो मात्र होइन असम्भब नै बनाएको छ । केवल केहि आफ्ना विश्लेषण हरु चाही निकाल्न सकिन्छ । यो नाटक हेरिसकेपछाडी सत्य प्रतिको मेरो युधिष्टिर धारणा केही हद सम्म परिवर्तन भएको छ          
    रशोमोन भर्शेस मेरो धारणा : 
         सत्य भनेको आकाशमा अडिएको एउटा झण्डा बुर्जाको गोटी जस्तो रहेछ जुन के हो भन्ने कुरा त्यसलाई हेरिने कोणमा निर्भर हुन्छ । एउटा कोणबाट हेर्यो भने झण्डा देखिन्छ त अर्को कोणबाट हेर्यो भने इट्टा देखिन सक्छ । नाटकले  सत्यलाइ भ्रमहरु मिलेर बनेको एउटा गोटी जस्तो बनाइदिएको छ । यो हामी सबैले अनुभब गरेकै कुरा हो र पनि हामि नाटक हेरेपछि एकपटक झास्किनछौ किन कि हामीलाई कहिल्यै पनि यो तरिकाले कसैले सिकाएको छैन । हाम्रा धर्म ग्रन्थ देखि अधर्म ग्रन्थ सम्म सत्य केवल एउटा हुन्छ भनेर सिकाएको छ । हामीलाई सुर्य पूर्व बाट उदाउने कुरा सत्य कुरा हो त्यसैले यसलाई ब्रतमान कालमा मात्र भन्नु पर्छ भनेर व्याकरणमा पनि यहि कुरा सिकाइएको छ । हामीलाई थाहा छ प्लेटोको सत्य भनिएको सिद्दान्त न्युटनले झुटो बनाइदिएका थिए । आखिर सत्य भनेको नै तर्क त रहेछ। उनीहरु एउटा बिषयबस्तु प्रति फरक फरक तर्क दिएर त्यसलाई सत्य भनेका थिय । सत्य केवल एउटा विश्लेषण मात्र हो । सत्य बोल्नु, बिश्वास गर्नु झुक्याउनु मात्र हो । आज सत्य भएको कुरा भोलि नहुन पनि सक्छ ।   
        जो मान्छे जे हेर्न चाहन्छ जे सुन्न चाहन्छ उसको लागि सत्य त्यहि नै हो । किनकि उ आफ्नो क्षमता अनुसारको संसार भइदियोस भन्ने परिकल्पना गर्छ । नाटकको मुख्य मर्म नै यहि छ । नाटक मा केवल मृत्यु एउटाको मात्र भएको छ चार जना नै मैदानमा छन् तर चार जनाको बयान फरक फरक छ । अब कसैले ढाट्यो भनौ भने कसैलाई पनि ढाट्नु पर्ने बाध्यता छैन अझ त्यो मरी सकेको मान्छेलाई त के को बाध्यता हुन्थ्यो होला र ।  नाटक हेर्दा मैले धेरै पटक आफुले बोलेका झुट र सत्य कुराहरु सम्झिएको थिए । वास्तवमा जिबनमा सत्य भन्दा झुट नै बढी इमान्दारीका साथ बोलिएको रहेछ ।  
      रशोमोन भर्सेस हाम्रो साहित्य:
     
      रशोमोन एउटा सत्य प्रतिको भ्रम हो । मलाइ साहित्य पनि एउटा सत्य प्रतिको भ्रम हो भन्ने लाग्छ । साहित्य एउटा भ्रम हो त्यो कुरा सबै ले जानेको बुझेको कुरा हो तर यहाँ त विधा र उपबिधा मा पनि भ्रमको सिर्जना हुने गर्दछ ।  उपन्यासकार भन्छ कविता लेखेर कामै छैन न बिक्छ न ठिक छ । कवी भन्छ गजल लेख्ने त केहि न आएपछि मात्र हो । कोहि भन्छन् पद्ध नभई कविता हुन्न । कोहि भान्छन् बहर लय नभई गजल हुदैन । कोहि भन्छन् बहर र पद्दमा बाँधेर भाब लेख्न सकिदैन । प्रत्यक व्यक्ति आफुले जे जानेको छ त्यहि नै सहि भन्छ । कोहि भन्छन् यो बाद ठिक हो कोहि भन्छन् यो बाद ठिक हो । रशोमोनमा देखाइएको सत्य प्रतिको दृस्तिभ्रम जस्तै हामीमा पनि थुप्रै भ्रम हरु रहेछन । वास्तबमा असत्य हामी कोहि पनि छैनौं केवल कसले पेश गर्ने तर्क बलियो र कसले पेश गर्ने तर्क कम्जोर छन् भन्ने कुराको मात्र मुल्यांकन भैराखेको छ । त्यसकारण पनि साहित्यमा ठिक र बेठिक को बहस एउटा अनन्त प्रक्रिया भन्दा बढी केहि लागेन । आज जसले जे सोच्छ जे लेख्छ उसको लागि त्यहि नै ठिक हो तर  जुन दिन उसले त्यो भन्दा फरक सोच्ने गर्छ त्यो दिन उसलाई हिजोको कुरा गलत लाग्छ । कोहि मान्छे पनि बर्तमानमा आफ्नो लागि गलत हुन सक्दैन । मान्छे कसरी ठिक बेठिक हुने भन्ने कुरा उसको ज्ञानमा पनि भर पर्ने कुरा हो ।
      संसारमा जति जना मान्छे छन् सत्यलाइ त्यति नै तरिकाले हेर्न मिल्छ । केहि व्यक्तिका केहि प्रतिशत तर्क मिल्न सक्छ तर कसैको पनि कसै प्रति सय प्रतिशत तर्क मिल्दैन । सत्य त्यही तर्क हो । यदि संसारमा सत्य एउटा मात्र हुन्थ्यो भने सबै मान्छे को तर्क र धारणा एउटै नै हुने थियो । कोहि पनि जात धर्म सस्कृति सम्प्रदाय आदि इत्यादिको नाममा विभाजित हुने थिएनन् । प्रत्यक मान्छे यहाँ सत्य प्राप्तिको लागि बाच्ने गर्छ । यदि सबैको सत्य एउटै हुदो हो त प्रत्यकको उदेश्य पनि एउटै हुदो हो र कोहि पनि फरक बाटो हिड्ने थिएन।
      अन्त्यमा:
          नाटकले हामी बाँचीराखेको समग्र नियम र सिद्दान्त प्रति विरोधाभास देखाइदिएको छ । हाम्रा धर्म ग्रन्थहरु लाइ पनि केहि हद सम्म झुटो साबित गराइदिएको छ । सत्य भनेको मानिसको कल्पना भनेर ब्याख्या गरेको छ । हामीहरु केवल सत्य भन्ने एउटा भ्रममा मात्र बचिरखेका छौ । नाटक भन्छ, जसले जे चाहन्छ उसको लागि त्यहि नै सत्य हो ।           

२०७१ बशाख २७ गतेको हट्लाईनमा प्रकाशित

Comments

Popular posts from this blog

सायन जस्तै छ 'भागेर भुगोलभरि'

<![endif]--> भूमिका     यो कुनै वाद उपबादको प्रयोग गरेर लेख्न लागेको किताबको समालोचना होइन । यो प्रध्यापकीय समालोचना पनि होइन । अझ बास्तबमै भन्ने हो भने त मलाई समालोचना गर्नै आउदैन । यो त सायन र उसको कविता संग्रह दुवैलाई भेटिसकेपछि उनीहरू बिचको समानता र केही भिन्नता प्रतिको मेरो व्यक्तिगत धारणा मात्र हो । मेरा पाठकहरूलाई त्यसरी नै बुझिदिन आग्रह गर्दछु । कहिले कहीं आकश्मिकताले ठाँउमै हिर्काउछ । गएको पालि एकपटक हिर्कायो । हिँडेको थिएँ चितवन , पुगियो कवास्वती । मलाई पहिला अलि अलि थाहा थियो , एउटा ढेब्रो चस्मा लगाउने कालो बर्णको कवि प्राणी , त्यतै कतै थारु भिलेजको नजिकै बस्छ । मैले उसका केही कविता र त्योभन्दा बढी किस्साहरूमा थारु भिलेजलाई केही महिना अगाडिबाट भेट्दै आएको थिएँ । यसपाली चाँहि कवि सायनले भन्दा बढी किस्से सायनले मलाई बढी तान्यो । (माफ गर्नुहोला , कविता लेख्नेलाई कवि भनेजस्तै किस्सा सुनाउनेलाई के भन्छन मलाई थाहा भएन , आफैले नाम राखिदिए किस्से ।) म सायनलाई भन्दा बढी थारु भिलेजलाई भेट्न गएको थिएँ तर अफसोच थारु भिलेज पुग्ने सपना अधुरै रह्यो । भिलेजम...

फूटपाथको सामान जस्तो नेपाली गजल

        छैटौं शताब्दिमा अरबमा जन्मेर लगभग त्यसको चौध शताब्दी पछि उर्दु,फारसी र हिन्दीको बाटो हुदै नेपाल भित्रिएको गजल विधा, नेपालमा आजको दिनमा सबैभन्दा लोकप्रिय विधा मानिन्छ तर नेपाली साहित्यमा यसलाई सम्मानजनक विधाकोरुपमा भने हेर्ने गरिदैन । सबैले हेर्ने, धेरैले किन्ने, चर्चा पनि हुने तर सधै गुणस्तरको प्रश्न उठ्ने फूटपाथको समान जस्तै गरिन्छ नेपाली गजललाई । यो लेखमा म गजलको इतिहास खोतल्नतिर लाग्दिन फेरि कुनै दिन इतिहासलाई केन्द्रबिन्दुमा राखेर यसमा घोत्लिउला । आज चाँहि बर्तमानलाई केन्द्रबिन्दुमा राखेर नेपाली गजलमा मैले अनुभव गरेका केही अनुभूतिहरू साट्नेछु ।            केही दशक पुरानो कुरा हो भारतमा एउटा मुसायरा भएको थियो। जसको सञ्चालन त्यहाँ उपस्थित भएका मध्ये सबैभन्दा जेष्ठ सायरले गरिराखेका थिए । त्यही भीडमा गजल लेख्दै गरेको दुब्लो गान्धी चस्मा लगाएको एउटा बशिर बद्र नाम गरेको ठिटो पनि थियो । लगभग दर्जन जति कविहरूले कविता/गजल/सायरी सुनाइसकेका थिए त्यसपछि त्यो पातलो ठिटोको पालो आयो उसले मञ्चमा गएर एउटा शेर सुनायो    “उजाले आप्नी ...

मृत्युको अह्वान (कविता)

प्रिय शासक ! म असरफ फयाद तिम्रो हारेको युगमा जितेको सिपाही जो तिम्रो हातबाट मृत्यु चाहन्छ । तिमी र मबीच अलिकति फरक छ । मैले खुदाको मुहार पसिनाको रंगजस्तै देख्छु तिमीले रगतको रंगजस्तै देख्छौ म आफ्नाको जीवनलाई धर्म भन्छु तिमी अर्काको मृत्युलाई धर्म मान्छौ म मृत्युको खबरले पनि निन्याउरो हुन जानिनँ तिमी अमृत पिएर पनि हाँस्न सकेनौ । अरु त सबै उस्तै हो म पनि अँध्यारो मन नपराउने मान्छे । कुरानमाथि हात राखेर यति मात्र भनेको हुँ – प्रेमको भाषा सजिलो हुन्छ अँध्यारोको रंग कालो हुन्छ उज्यालो सबैभन्दा ठूलो धर्म हो र सानो स्वरमा भनें – मलाई पिंजडाको जीवनभन्दा आकाशको मृत्यु मन पर्छ यहाँभन्दा बढी त मैले केही जानेको पनि छैन । धन्य ! तिमीले अन्तिम वाक्य भए पनि सुनेछौ । मेरो प्रिय शासक ! म तिम्रै हातबाट मृत्यु चाहन्छु । मेरो निन्याउरो अनुहार देखेर तिमीलाई रिस नउठ्ला भन्ने पिरले मैले रुन बिर्सिदिएको धेरै भयो बरु मलाई यत्ति पिर छ कि, म हाँसिदिए भने कतै तिमीले निशाना त चुकाउँदैनौ ? तिमीले कसरी मार्छौ, त्यो तिम्रै मर्जी । झुन्ड्यायौ भने मेरो घाँटी थिचिनेछ अनि एक–एक गरी खुल्नेछन् आजसम्म थिचिएका गालाहरु तरबारल...