Skip to main content

भोटेकोशीको किनारमा खसेको राष्ट्रियता



कहिले काहिँ यो दुई पाउको दिमागलाई दुई टन भन्दा पनि ठुलो दुःख दिन मन लाग्छ । अक्सर यस्तै बेला सोची बस्छु । कस्को होला यो सारा भूगोल ? मान्छे को कि देउता को ? कसले सुरु गर्याे होला राष्ट्रियता भन्ने भ्रम । देश ले कि सिमाना ले ? मान्छेले स्वाभिमान र बिरासत त्यागिदियो भने राम्रो हुन्छ कि नराम्रो ? मलाई यो थाहा छ यी प्रश्नहरु उत्तर आउने प्रश्न नै होइनन् । यिनीहरु केवल तर्कका प्रश्नहरु मात्र हुन् ।

तर्क जे सुकै होस् तर माथिबाट मेरोआत्मालाइ चिठ्ठीमा राखेर पठाउने बेला खाममा ठेगाना लेखिएको थियो, भारतवर्ष, हिमाल नगरी, चिसापानी फाँट  । सायद पठाउनेवाला ले कित्ताकाँट गर्दा चाँही कम्तिमा हाम्रो जस्तो नाम बनाएको छैन होला । उसको ठेगाना बताउने स्टाइल अर्कै होला । म मात्र होइन म जस्तै अहिले यतै वरपर रहेका पौने तिनकरोड आत्महरु मिल्दोजुल्दो ठेगानामा खसेका हुन् । यहाँ आएपछि सबैले थाहा पाए नेपाल भन्ने देशमा पर्दाे रहेछ हामिलाई खसालेको ठाँउ ।

तर कस्तो अचम्म यहाँ त भारत भनेर एउटा भारत मात्र भन्दा रैछ । भारत वर्ष भनेको हाम्रो माथि तिरको भाषामा त धेरै फराकिलो छ ।यसरि पनि सोचे होलान् केहि दिमाग तेजिला भएका आत्माहरुले। हामि कम तेजिलो दिमाग हुनेहरु बा ले बजार पठाको बेला बजार सम्म पुग्दासमान त भुलिजान्छौ त्यत्रो सम्झने खुबी कसरि आओस् ।

यो मेरो नितान्त निजि आंकलन हो ।अनुमान जे भएपनि अहिले हामि नेपाल भन्ने सारभभौमासत्ता सम्पन्न मुलुकमाबसेका छौं भन्ने चाहिं सत्य हो । हाम्रो शरीरमा यहि देशको रगत बगेको कुरापनि यथार्थ हो । अझ खास कुरा त हाम्रो छातीको एउटा कुनामा यहि देशको नामकोराष्ट्रियता  छ । त्यहि राष्ट्रियताले नै हामीलाई धेरै पटक निभ्न लाग्दा जोगाइदिन्छ जसरि आमा जोगाउनुहुन्छ हावाबाट दियो । उ हाम्रो शरीरको चौकीदारी गर्छ । यो संसारको भिडमा हामीलाई आफ्नो छातीमा टेकाएर उचाई दिलाउँछ ।

यहि हाम्रो छातीमा बसेको राष्ट्रियताबेलाबेलामा अर्काको पैताला मुनि पर्छ । अब तपाइँ आफै अनुमान गर्नुस त्योबेला हामि कहाँ हुन्छौ । अक्सर यस्तै बेला परेली भत्काएर बग्छ देश । अमिलोमुख लगाउछ माटो को आकृति । ग्यास च्याम्बर भित्र थुनिन्छ मन । अनि गालिगर्न मन लाग्छ आफैलाई । प्रश्न सोध्न मन लाग्छ आफैसँग । किन हेपियो मेरोदेश ? कसले गर्दा कुल्चियो छाति ? को हो त्यो जो जहाँ जादा पनि हेपिरहन्छ हामीलाई ?

एउटा उखान छ आफु नमरी स्वर्गदेखिदैन। त्यस्तै भयो यसपाला । आफु पनि मारियो तर स्वर्ग होइन नर्क देखियो । नियमित आकस्मिकताको क्रममै केहि महिना अगाडी भारत पुगेको थिएँ । त्यो बेला नै मेरो राष्ट्रियता बोकेको मुटुको कचौरा अलिकति कुच्चिएको थियो । भारत जाँदा साथमा भारतीय साथी भएकाले पनि सायद त्यति धेरै कुच्चिन पाएन, थोरै कुचियो । त्यसको केहि समय पछी नै चिन तिर पनि जाने मेसो मिल्यो । केहि छलफल पछाडी सिल्दुजुरे को पहिरो पनि हेर्ने र सिमानाको देश पनि छाम्ने उदेश्यले हाम्रो टोलि गुड्यो काठमाडौँबाट ।
हामीहरु सबै जसो इन्जिनियरिंगका बिद्यार्थीहरु भएपनि मेरा एकजना कवी साथीरहरले संगै गएको थियो । हामीहरु अघिल्लो दिन नै तातोपानी गएर बसिसकेकाथियौं । कवी साथि बिहान अलिक छिटो उठेर हामीहरुलाई पनि उठायो । तातोपानीमानुहाई धुवाई गरिसकेपछी हामी चार जना अरु ग्रुप भन्दा अलि पहिले नै खासाछिर्ने निधो गर्याैं । केहि सामान किन्दै गरौँ फर्कदा के कसो हुने हो भन्नेसोचेर अलि अगाडी गएका थियौं ।

हामीले नेपाल पट्टि रहेको अध्यागमनकार्यालयबाट भिषा हानेको एउटा पेपर पायौं । जब उक्त पेपर लिएर हामी मितेरीपुलमा पुगेका थियौं । पुलको बिचमा बसेका दुइ जना प्रहरीहरुले बन्दुकको नालतेर्साे पारेर हाम्रो बाटो छेके । म सबै भन्दा अगाडी थिएँ र सबैको डकुमेन्टमै संग थियो । मैले अध्यागमन ले भिसा हानेको पेपर देखाए । उसले त्यो हेर्ननमाने जस्तो गर्याे । उ केहि बोलिरहेको थियो तर हामीहरु मध्यको कसैले पनित्यो बुझेनौं । मैले पहिला नेपालीमा सोधें के भयो र सर?” उसले बिरालाकाजस्ता आँखा ठुलो पारेर खाउला झैँ गरेर हेर्याे र केहि गालि गरे जस्तो बोल्यो ।  सोचें नेपालि बुझ्ने रहेनछ अनि भनें सर ह्वाट्स अ प्रब्लममैले यति भनिसक्दा छेवैमा सिभिल ड्रेस लगाएर बसेको एकजना प्रहरीले हात उचालिसकेको थियो । अब चाँहि हामीलाई थाहा भो एक शब्द बढी बोलेर एक सेकेन्ड मात्र बढी बसियो भने त्यो हात हामि माथि नै बज्रने छ । म पछाडी सरेर साथीहरुलाई हेरें साथीहरु त कुदिसकेका रहेछन । म पनि निलो अनुहार लगाएर पछाडी फर्किएँ ।
हामिहरु पुल वारि आएर एक जना सशत्रकोप्रहरी दाइलाई सबै बेलिबिस्तार सुनायौं । दाइले भन्नु भो यिनीहरु यस्तैहुन् भाइ सन्की छन् कहिले केहि नहेरी यत्तिकै जान दिन्छन कहिले सबै मिल्दापनि जान दिदैनन् । एकपटक नागरिकता पनि निकालेर बिचार गर त जाउ तर एकछिन पछीहै ।”  अलिकति आशाको बाटो देखाइदिनु भयो । हामीहरु एउटा लेडिज ग्रुपको पछीपछी गयौं ।

अघि लंगुर बाँदरको जस्तो कालो मुखपारेको त्यहि पुलिस अहिले मास्की मास्की केटिहरुलाई हेरेर हाँसीरहेको थियो ।यसपाली हामीहरुले कुनै अपराधीले बिल्ला भिरे जसरि अगाडी छातीमा त्यो भिसाहानेको पेपर र नागरिकता देखाउदै गयौं । उसले सुरुमा मेरो नागरिकता हेरेजस्तो गर्याे र अरु तिन जना साथीहरुको नहेरी जान दियो । हामीहरु ठुलै युद्दजितेको महसुस गरेर पुल तर्यौं । पारी पुगेपछि खास डकुमेन्ट चेक गर्ने ठाउँत बल्ल पो रहेछ त्यहाँका चाइनिज प्रहरीहरु राम्रो नेपालि पनि बोल्दारहेछन् । एकजनाले नागरिकता देखाउनुस् भन्यो हामि सबैले देखायौं उसले एकछिनहेरेर हामीलाई उता पठाइदियो ।


मैले जिबनमा पहिलो पटक छातीमा देशबोकेर हिड्नुको पिडा महसुस गरें । सोचेँ, हाम्रो नजिक रहेको छिमेकी देशकाले त यति हेप्छन भने सात समुन्द्र काटेर गएका हाम्रा आफन्तहरुको छाती दिनमा कति पटक अर्काको खुट्टा मुनि पर्दो होला ।


हामीहरु चिनको भूमिमा भित्र छिरिसकेपछि पनि पटक पटक हेपिनु पर्याे । माथिल्लो खासामा पुग्ने गाडीको रेट कति छ भनेर सोधेको एकजना नेपाली दाइले भन्नु भो जादा ३०० आउदा ५०० पछी थाहा भो उनीहरु जाँदा फकाई फकाई सस्तोमा लैदिने र आउदा हाम्रो बाध्यतामा ब्ल्याक मेल गरेर महंगोमा ल्याउने गर्दा रहेछन । अनि उनीहरुको यति ठुलो दादागिरि रहेछ कि कुनै समान हेरेर मूल्य सोधे पछाडी किन्नै पर्ने नत्र लौरी सम्म उठाउदा रहेछन ।

हामीहरु फर्कदा सम्म मेरो दिमागमाधेरै कुराहरु गम्भीर बनेर आए । चीनको प्रशाशनलाई राम्रोसंग थाहा छ कि उसको रहाम्रो देशको भाषिक र संस्कृतिक रुपमा भिन्नता ठुलो छ । र पनि उसले किनसिमानाको मुख्य द्वारमा अलिकति भए पनि नेपालि बुझ्ने प्रहरी राख्दैन ? उनीहरुलाई थाहा छ हामीले भोगेको घटना त्यहाँ प्रत्यक मिनेटमा हुन्छ । यसलाई बुझेर भाषिक सहजताको लागि कुनै बेबस्था गर्नु त कता हो कता उनीहरु हान्नी राँगो जसरी हेरेर हात उठाउछन् । के यति सस्तो छ हाम्रो शरीर ? के यति कम्जोर छ हाम्रो बिरासत ? एउटा सामान्य नागरिकता भन्ने शब्द उनीहरु संग बुझ्न नसकेर हामीले त्यो अपमान खेप्नु पर्याे । के केवल नागरिकता भन्ने शब्द भन्न सक्दैनन् कुनै चाइनिज प्रहरी ? यदि जान्दैनन् भने किन राम्रो नेपालि बोल्यो भित्रको चाँहि ?

यो सबै सोच्दा र देख्दा लाग्छ । योउनीहरुले नसकेर भएको होइन नचाहेर भएको हो । उनीहरु हामीमाथि निरन्तरकोहेप्ने आदतको अम्मली भएका छन् । अझ भनौं हामीलाई हात ताक्दा वा हिर्काउदाउनीहरुलाई खुब रमाइलो लाग्छ । हाम्रो राष्ट्रियता मितेरी पूल बाट खसाल्दाखुब मजा आउछ ।

अर्काे मुख्य कुरा मलाइ त्यो सशत्रकोदाइले भनेको लाग्यो । हामी उनीहरुको मुड अनुसार भित्र छिर्न पाउने रहेछौं ।उनीहरु एउटा बेश्यालयका पाले हुन् कि देशका सुरक्षाक्रमी ? हामीहरु यदिसबै डकुमेन्ट पुर्याएर गएका छौं भने भित्र छिर्न दिनु उनीहरुको कर्तब्य होकि होइन ? हामीहरु कम्जोर छौं भन्ने कुराको यो एउटा बलियो प्रमाण हो । यताचिन सरकारले सित्तैमा जहाज दियो भनेर हाम्रा मन्यहरु तारे होटलमा उनीहरुकोसेवा गरिरहदा । उता एउटा मजदुर नेपालीको टोपी त्यहि चिनले भोटेकोशीबाटबगाईदीसकेको हुदोरहेछ ।

यो बिषयलाई हामीले एकपटक भारतकोसिमानासंग पनि तुलना गरेर हेर्याैं । हामी चार जना मध्यको एउटा साथी नेताकाम गर्छ । उसले भन्यो आजसम्म हाम्रो राष्ट्रियता कुल्च्यो भनेर भारतलाईखुब गालि गरियो, यता चिनले त झन् कुल्चेर त्यहिँ माथि आची गरेर पो छाड्दोरहेछ त ।एउटा सामान्य नागरिक सिमानामा गएर पिडित हुनुको नाताले मलाइ पनि उसको कुरा कता कता हो जस्तो लाग्यो । मेरो पनि हिजो भारतले अलिकति मात्र कुच्याएको राष्ट्रियता बोक्ने कचौरो आज धुजा धुजा भएर फुटेको थियो ।

हामीहरु सामान्य बाँच्न पनि घरि घरिनजान्ने मान्छे । सरकारको छेमिकी सम्बन्धको कुटनैतिक गणित जान्दैनौं ।मात्र हामीले भोगेका ब्यबाहरिक सम्बन्ध नै हाम्रो धारणाको आधार हो । अबदिमागमा एउटा के धारणा बनेको छ भने । देश दक्षिणको सिमानामा मात्र दुखेकोरहेनछ देश त प्रत्यक दिन मितेरी पूलबाट भोटेकोशीमा पनि खस्दोरहेछ ।

Comments

Popular posts from this blog

सायन जस्तै छ 'भागेर भुगोलभरि'

<![endif]--> भूमिका     यो कुनै वाद उपबादको प्रयोग गरेर लेख्न लागेको किताबको समालोचना होइन । यो प्रध्यापकीय समालोचना पनि होइन । अझ बास्तबमै भन्ने हो भने त मलाई समालोचना गर्नै आउदैन । यो त सायन र उसको कविता संग्रह दुवैलाई भेटिसकेपछि उनीहरू बिचको समानता र केही भिन्नता प्रतिको मेरो व्यक्तिगत धारणा मात्र हो । मेरा पाठकहरूलाई त्यसरी नै बुझिदिन आग्रह गर्दछु । कहिले कहीं आकश्मिकताले ठाँउमै हिर्काउछ । गएको पालि एकपटक हिर्कायो । हिँडेको थिएँ चितवन , पुगियो कवास्वती । मलाई पहिला अलि अलि थाहा थियो , एउटा ढेब्रो चस्मा लगाउने कालो बर्णको कवि प्राणी , त्यतै कतै थारु भिलेजको नजिकै बस्छ । मैले उसका केही कविता र त्योभन्दा बढी किस्साहरूमा थारु भिलेजलाई केही महिना अगाडिबाट भेट्दै आएको थिएँ । यसपाली चाँहि कवि सायनले भन्दा बढी किस्से सायनले मलाई बढी तान्यो । (माफ गर्नुहोला , कविता लेख्नेलाई कवि भनेजस्तै किस्सा सुनाउनेलाई के भन्छन मलाई थाहा भएन , आफैले नाम राखिदिए किस्से ।) म सायनलाई भन्दा बढी थारु भिलेजलाई भेट्न गएको थिएँ तर अफसोच थारु भिलेज पुग्ने सपना अधुरै रह्यो । भिलेजम...

फूटपाथको सामान जस्तो नेपाली गजल

        छैटौं शताब्दिमा अरबमा जन्मेर लगभग त्यसको चौध शताब्दी पछि उर्दु,फारसी र हिन्दीको बाटो हुदै नेपाल भित्रिएको गजल विधा, नेपालमा आजको दिनमा सबैभन्दा लोकप्रिय विधा मानिन्छ तर नेपाली साहित्यमा यसलाई सम्मानजनक विधाकोरुपमा भने हेर्ने गरिदैन । सबैले हेर्ने, धेरैले किन्ने, चर्चा पनि हुने तर सधै गुणस्तरको प्रश्न उठ्ने फूटपाथको समान जस्तै गरिन्छ नेपाली गजललाई । यो लेखमा म गजलको इतिहास खोतल्नतिर लाग्दिन फेरि कुनै दिन इतिहासलाई केन्द्रबिन्दुमा राखेर यसमा घोत्लिउला । आज चाँहि बर्तमानलाई केन्द्रबिन्दुमा राखेर नेपाली गजलमा मैले अनुभव गरेका केही अनुभूतिहरू साट्नेछु ।            केही दशक पुरानो कुरा हो भारतमा एउटा मुसायरा भएको थियो। जसको सञ्चालन त्यहाँ उपस्थित भएका मध्ये सबैभन्दा जेष्ठ सायरले गरिराखेका थिए । त्यही भीडमा गजल लेख्दै गरेको दुब्लो गान्धी चस्मा लगाएको एउटा बशिर बद्र नाम गरेको ठिटो पनि थियो । लगभग दर्जन जति कविहरूले कविता/गजल/सायरी सुनाइसकेका थिए त्यसपछि त्यो पातलो ठिटोको पालो आयो उसले मञ्चमा गएर एउटा शेर सुनायो    “उजाले आप्नी ...

मृत्युको अह्वान (कविता)

प्रिय शासक ! म असरफ फयाद तिम्रो हारेको युगमा जितेको सिपाही जो तिम्रो हातबाट मृत्यु चाहन्छ । तिमी र मबीच अलिकति फरक छ । मैले खुदाको मुहार पसिनाको रंगजस्तै देख्छु तिमीले रगतको रंगजस्तै देख्छौ म आफ्नाको जीवनलाई धर्म भन्छु तिमी अर्काको मृत्युलाई धर्म मान्छौ म मृत्युको खबरले पनि निन्याउरो हुन जानिनँ तिमी अमृत पिएर पनि हाँस्न सकेनौ । अरु त सबै उस्तै हो म पनि अँध्यारो मन नपराउने मान्छे । कुरानमाथि हात राखेर यति मात्र भनेको हुँ – प्रेमको भाषा सजिलो हुन्छ अँध्यारोको रंग कालो हुन्छ उज्यालो सबैभन्दा ठूलो धर्म हो र सानो स्वरमा भनें – मलाई पिंजडाको जीवनभन्दा आकाशको मृत्यु मन पर्छ यहाँभन्दा बढी त मैले केही जानेको पनि छैन । धन्य ! तिमीले अन्तिम वाक्य भए पनि सुनेछौ । मेरो प्रिय शासक ! म तिम्रै हातबाट मृत्यु चाहन्छु । मेरो निन्याउरो अनुहार देखेर तिमीलाई रिस नउठ्ला भन्ने पिरले मैले रुन बिर्सिदिएको धेरै भयो बरु मलाई यत्ति पिर छ कि, म हाँसिदिए भने कतै तिमीले निशाना त चुकाउँदैनौ ? तिमीले कसरी मार्छौ, त्यो तिम्रै मर्जी । झुन्ड्यायौ भने मेरो घाँटी थिचिनेछ अनि एक–एक गरी खुल्नेछन् आजसम्म थिचिएका गालाहरु तरबारल...